मलेसियामा कति छन् नेपाली ?  

सुदीप निउरे, क्वालालम्पुर

मलेसियामा कति नेपालीले काम गरिरहेका छन भन्ने प्रश्न कसैलाई सोध्यो भने ८ देखि १० लाखको हाराहारीमा छन् भन्ने गरेको हामी सुन्छौ । नेपाल सरकार होस वा सरकार मातहतको कार्यालय लगायत सर्बसाधारण सबैले अनुमानित यहि संख्या मात्र जानकारी दिने गर्छन ।

तर मलेसिया सरकारले यहा बैधानिकरुपमा बसेर काम गर्ने नेपालीको पछिल्लो संख्या भने निक्कै थोरै सार्वजनिक गरेको छ । मलेसियामा ५ लाख २६ हजार ९ सय ३३ जना नेपाली मात्र बैधानिक भएको जानकारी दिईएको छ । यहाँका मानव संसाधन मन्त्री दातुक सेरी रिचर्ड रियोट दंगाले दिएको जानकारी अनुसार आप्रवासी कामदार मध्ये नेपालीको संख्या यो दोस्रो ठुलो हो । 

यहा कति नेपाली अबैधानिक रुपमा कार्यरत छन भन्ने जानकारी न त मलेसिया सरकारसंग छ, नत नेपाल सरकारसंग नै छ । मलेसियामा रहेको नेपाली दुतावासको आंकडामा झण्डै १० हजार नेपाली यहां अबैध रुपमा कार्यरत छन् । तर १० हजार भन्दा बढि नै नेपाली यहां अबैधानिक तरिकाले काम गरिरहेको अनुमान छ । बैधानिक र अबैधानिक नेपालीको आंकडा जोड्दा मलेसियामा कुल नेपालीको संख्या ५ लाख ३६ हजार ९ सय ३३ जना हुन आउंछ । 

नेपाल भन्दा अगाडी पहिलो नम्बरमा ईण्डोनेसीया पर्दछ । ईण्डोनेसीयाबाट रोजगारीका लागि आएका ८ लाख २८ हजार २ सय ८३ जना यहाँ बैधानिक तरिकाले काम गरिरहेका छन् । यस्तै बंगलादेशी कामदारको संख्या २ लाख ८२ हजार २ सय ८७ रहेको मानव संशाधन मन्त्री दंगाले बताए ।

यसैगरी एक लाख २६ हजार भारतीय नागरिक मलेसियामा काम गरिरहेका छन । उता म्यानमारबाट आएका एक लाख ४३ हजार ५६ जना यहाँ बैध तरिकाले काम गरेका छन् । यस्तै थोरै संख्यामा यहां काम गर्न आउनेका कम्बोडियन पर्दछन् । कुल ८ हजार ५ सय ४८ कम्बोडियनले यहां बैधानिक कामदारको हैसियतमा काम गरिरहेका छन् । भियतनाम, पाकिस्तान लगायतका मुलुकबाट पनि ठुलो संख्यामा कामदार रोगगारीका लागि आएका छन् । 

कुल २१ लाख ३५ हजार बैधानिक कामदारले मलेसिया सरकारलाई लेबी बुझाउदै आएपनि अबैधानिक आप्रवासी कामदार कति छन् भन्ने लेखाजोखा छैन । अघिल्लो बर्ष सन् २०१५ मा २ लाख अबैधानिक कामदार पक्राउ गरि सम्बन्धित उनिहरुको देश फिर्ता गरिएको सरकारले जानकारी दिएको छ । गत बर्ष ५५ हजार अबैधानिक रुपमा बसिरहेका नेपाली कामदार दुतावासको सहयोगमा स्वदेश फर्किएका थिए । मलेसियाले बिद्यमान १७ प्रतिशत बिदेशी कामदारको परनिर्भरतालाई सन २०२० भित्र १५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: