
सुदीप निउरे , क्वालालम्पुर
मलेसियाले अप्रत्यासितरुपमा आप्रवासि कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ । १५ लाख बंगलादेशी कामदार ल्याउने भनि सहमतीमा हस्ताक्षर गरेकै भोलीपल्ट मलेसियाले यस्तो घोषणा गरेको हो । सरकारी समाचार समिति बर्नामाका अनुसार उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले मलेसियाले सवै स्रोत मुलुकबाट कामदार लिन बन्द गर्ने निर्णय गरेको घोषणा गरेका हुन् ।
बिदेशी कामदारको आवश्यकता कहाँ कति छ भन्ने हेरेपछि मात्र विदेशी कामदार लिने उपप्रधानमन्त्री हमिदी बताए । मानव संशाधन मन्त्री दातुक सेरी रिचर्ड रियोटले मलेसियामा तत्काल कोहि पनि बिदेशी कामदार नल्याईने भन्दै अब सबै क्षेत्रमा स्थानिय कामदारलाइ उत्प्रेरित गर्ने बताए । बंगलादेशी कामदार मलेसिया ल्याउने भनि सहमती गरे पछि आप्रवासि कामदारका कारण स्थानियको रोजगारी गुम्ने खतरा बढ्दै गएको भन्दै यहाको बिपक्षी दलले सरकारको आलोचना गरेको थियो । मलेसियन ट्रेड यूनियन काँग्रेसले लाखौ बिदेशी कामदार ल्याउदा स्थानियको रोजगारीमा असर पर्ने भन्दै बिदेशी कामदार ल्याउनका लागि एउटा राट्रिय आयोग गठन गर्नु पर्ने माग अघि सरेको थियो ।
उपप्रधानमन्त्रि दातुक सेरी अहमद जाहीद हामिदीले शुक्रबार थ्रीडि कामका लागि (डर्टी, डेन्जर र डिफिकल्ट) स्थानियले रुची नदेखाएकाले १५ लाख बंगलादेशी ल्याउन लागेको बताए पनि आज एकाएक यहाको सरकारले निर्णय बदलेको छ । यसको मुख्य असर बंगलादेशलार्इ पर्न गएको छ । कुल २१ लाख ३५ हजार आप्रवासि बैधानिक कामदारले मलेसियामा काम गर्दै आएका छन । यसैगरी उपप्रधानमन्त्री हमिदीले लेभीको नयाँ दर लगायतका बिषयमा पुनःविचार गर्ने बताए। मलेसिया रहेका अबैधानिक कामदारलाई पुनः बैधानिक बनाउने तथा अबैधानिक कामदारलार्इ सुरक्षाकर्मी प्रयोग गरि पक्राउ गरीने उनले बताए । पुनःदर्ता कार्यक्रममा सहभागी नहुने अबैधानिक कामदारलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरी धरपकड गरिने र पक्राउ परेकालाई उनिहरुकै मुलुकमा फिर्ता गरिने उनले बताए ।