व्यवसायीको आक्रोशः अव मलेसियाबाट ६ लाख नेपाली एक बर्षभित्रै फर्काइनेछ 

काठमाडौं, फागुन ६ – मलेसिया र बंगलदेशबीच १५ लाख बंगलादेशी कामदार मलेसिया लैजाने सम्झौता भएपछि त्यसले नेपालका म्यानपावर कम्पनीहरुलाई झस्काएको छ । यसअघि ठूलो संख्यामा मलेसियामा नेपाली कामदार कार्यरत रहँदै आएकोमा अव त्यो बजार गुमेको उनीहरुले बताएका छन् । 

मलेसियन इन्साइडरको अनलाइन संस्करणले विहिवार दुई देशबीच त्यस्तो सम्झौता भएको समाचार लेखेको छ । 

मलेसिया र बंगलादेशबीच कामदार पठाउने सम्वन्धि सम्झौता भएको समाचार सार्वजनिक भएसँगै नेपाल बैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले अव नेपालीका लागि रोजगारीको अवशर सकिएको बताएका छन् । उनले फेसबुक मार्फत आफ्नो असन्तुष्टि जनाएका हुन् । 

उनले लेखेका छन् ः अव नेपाल सरकारले मलेसिायमा कार्यरत नेपालीलाई स्वागत गर्ने दिन पर्खेर मात्र बसेहुन्छ । त्यो एक बर्षभित्रै हुनेछ । त्यसपछि नेपालमै ६ लाख व्यक्तिलाई रोजगारी दिन सरकारले सक्षम हुनुपर्नेछ । उनी अगाडी लेख्छन्ः धन्यवाद पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, तपाई आफ्नो उद्धेश्यमा सफल हुनुभएको छ ।

प्रथम उपाध्यक्ष खनाल नेपालीलाई मलेसिया पठाउने कार्यमा संलग्न बैदेशिक रोजगार व्यवसायी मध्येका एक हुन् ।      

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय