मजदुर मारमा परेः लम्साल

पोखरा- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का महासचिव विष्णु लम्सालले भूकम्प र भारतीय नाकावन्दीको पहिलो मारमा मजदुर बर्ग परेको बताएका छन् । जिफन्ट गण्डकी–धौलागिरी अञ्चल कमिटीले पोखरामा आयोजना गरेको वर्तमान संविधानको बारेमा जिफन्टको धारणा बिषयक कार्यकर्ता भेला एवं गोष्ठीमा वोल्दै उनले भूकम्प र नाकावन्दीको मार पुजीपति बर्गलाई भन्दा बढी मजदुर बर्गलाई परेको बताए । 

महासचिव लम्सालले तरार्इ मधेसमा बस्ने मजदुरहरु अझ यसमा बढी प्रभावित भएको भन्दै सो यसले मजदुरहरुले काम समेत नपाएको बताए । उनले पुँजीपति बर्गलाई एक सिजनको व्यापारमा केहि कमि आए पनि अर्को सिजनमा उनीहरुले उठाउन सक्ने भन्दै मजदुर बर्गले खान नपाएर भोक भोकै हिडडुल गर्नु पर्ने बाध्यता रहेको धारणा राखे । अझै पनि सहज रुपमा भारतले नेपाल माथि लगाएको नाकावन्दी नखुलाएको उनको भनाई थियो । 

“भारतले संयुक्त राष्ट्र संघको वडापत्र, पारवहन बिरुद्ध नाकावन्दी गरेर नेपाललाई पटक पटक दुखः दिदै आएको छ” महासचिव लम्सालले भने त्यसका लागि नेपाललाई आत्मनिर्भर बनाउने गरी रणनितिक योजनाका साथ विकासे कार्यक्रमहरु आवश्यक छ । उनले मजदुरहरुको हकहितको धेरै विषय नयाँ संविधानले समेटे पनि संविधानको राम्रोसंग अध्ययन नगरेको कारणले गर्दा मधेसमा आन्दोलन भएको बताए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: