रिंगिट, रियाल, दिरहम र दिनारको आजको मूल्य कति ? 

काठमाडौं, फागुन ५- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिददर २९ रुपैंया ९८ पैसा छ भनें विक्रिदर ३० रुपैंयाँ १५ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया ७२ पैसा र विक्रि दर २९ रुपैंयाँ ८९ पैसा छ । साउदी रियालको खरिरदर २९ रुपैंयाँ ११ पैसा र विक्रि दर २९ रुपैंयाँ २७ पैसा छ । अघिल्लो दिनको तुलनामा रियाल र दिरहममा मूल्य केहि बढेको हो । 

मलेसियन रिंगेटको खरिददर २६ रुपैंयाँ २९ पैसा तथा विक्रिदर २६ रुपैंयाँ ४३ पैसा छ । यो अघिल्लोे दिन भन्दा थोरै कम हो । यसैगरी कुवेती दिनारको खरिददर ३६५ रुपैंयाँ २३ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८९ रुपैंयाँ ४९ पैसा छ । यी दुवैमा मूल्य केहि बढेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: