नेपालमा रिंगिटको भाउ अझ घट्यो, रियाल र दिरहमको थोरै बृद्धि 

काठमाडौं, असोज ६- बुधवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको भाउ अघिल्लो दिनको तुलनामा केहि बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ८५ पैसा र विक्रि दर २९ रुपैंयाँ २ पैसा रहेको छ । मंगलवार रियालको खरिददर २८ रुपैंया ७६ पैसा र विक्रि दर २८ रुपैंया ९३ पैसा थियो । 

यसैगरी युएई दिरहमको पनि मूल्य थोरै बृद्धि भएको छ । राष्ट्र बैंकले तोके अनुसार दिरहमको खरिददर २८ रुपैंयाँ ६१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७७ पैसा छ । मंगलवार दिरहमको खरिद दर २८ रुपैंया ५३ पैसा र विक्रि दर २८ रुपैंया ६९ पैसा थियो । साउदी रियाल पनि केहि बृद्धि भएको छ । साउदी रियालको खरिददर २८ रुपैंया २ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १८ पैसा रहेको छ । 

मलेसियन रिंगिटको भाउ भनें घटेको छ । रिंगिटको खरिद दर २४ रुपैंयाँ ४६ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ६० पैसा छ । यसअघि मंगलवार रिंगिटको खरिददर २४ रुपैंया ५५ पैसा तथा विक्रि दर २४ रुपैंया ६९ पैसा तोकिएको थियो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय