काठमाडौं, असोज ३- बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत पत्रकार गणेश आचार्यलाई मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्नेतले अनावश्यक दुःख दिएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले एक विज्ञप्ती जारी गर्दै राजदुत बस्नेतले आफ्नो पासपोर्ट जफत गरी अनावश्यक दुःख दिएको भन्दै आचार्यको निवेदन प्राप्त भएको महासंघले जनाएको छ । समाचारमा चित्त नबुझे त्यसको कानूनी उपचारको बाटो खोज्न भन्दै अनावश्यक रुपमा पत्रकारलाई दुःख दिने काम बन्द गर्न आग्रह गरेको छ ।
सो घटनाको छानविन गर्न, पत्रकार आचार्यलाई कानूनी सुरक्षा र व्यवसायीक स्वतन्त्रताको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयलाई समेत महासंघले आग्रह गरेको छ ।
हेर्नुहोस् राजदुत बस्नेत र पत्रकार आचार्यबीच भएको कुराकानी