
दक्षिण कोरिया, ११- साउन दक्षिण कोरियाको बेरोजगार दर वितेका १५ वर्ष यताकै उच्च भएको छ । आइतबार कोरियामा प्रकाशित एक तथ्याङ्क अनुसार यहाँको युथ वेरोजगार दर पछिल्लो १५ वर्षयताकै उच्च भएको हो । तथ्याङक अनुसार जनवरीदेखि जुलाईसम्म २० देखि २९ वर्ष उमेर समुहका ४ लाख १० हजार युवा बेरोजगार छन् । सन् २००० पछिको यो पहिलो रेकर्ड हो । त्यसताका ४ लाख २ हजार ५ सय युवा बेरोजगार थिए । इपिएसमार्फत रोजगारीका लागि आएका १५ मुलुकका आप्रवाशी कामदार पनि कोरियाको बेरोजगारी समस्याले प्रभावित भएका छन् । विभिन्न प्रान्तका आप्रवाशी सेल्टरमा आश्रय लिने र रोजगार केन्द्रमा काम खोज्न जाने आप्रवाशीको संख्या बढ्दो छ । कोरियामा गत मे २० बाट फैलिएको भाइरल ‘मर्स‘का कारण अर्थतन्त्रमा गिरावट आएका छ । राजधानी सोलस्थित नेपाल हाउस, तोन्देमुन, वइजम्बु, सुवन, ख्वान्जु, फेन्तेक, छनान, किमे, बुसान, इछन, छुन्छन, बुसान, छल्लानाम्दो, खावन्दो लगायतका आप्रवाशी सेल्टरमा बसी जागीर खोज्ने नेपालीहरुको संख्या पनि बढ्दो छ । जसमा महिला कामदारको संख्या अधिक छ । इपिएस कामदारले ४ वर्ष १० महिनाको अवधिमा ५ पटक कार्यस्थान परिवर्तन गर्न पाउने प्रावधान छ । जसमा काम परिवर्तन गर्न अध्यागमनले ३ महिनाको अवधि दिन्छ । त्यो समयभित्र काममा लागि सक्नुपर्ने हुन्छ । ‘अव ३ साताभित्र काम नपाए, अवैधानिक हुने पक्का छ ।’ ७० दिनदेखि बेरोजगार भई रोजगारकेन्द्र धाइरहेका एक नेपालीले भने ‘रोजगार केन्द्रमार्फत काम नपाएर अवैधानिक भएका नेपालीहरु धेरै छन् ।’ कोरियाली युवाहरुले साना, मझौला, तथा घरेलु उद्योग र कृषि, पशुपालन तथा मत्यपालन लगायत निर्माण क्षेत्रमा काम नगरेपछि सरकारले सन् २००४ बाट रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत छिमेकी १५ मुलुकबाट अदक्ष श्रमिक आपुर्ती गर्दै आइरहेको छ । गत वर्ष सन् २०१४ मा ३ लाख ८० हजार जना बेरोजगार थिए । त्यस्तै यो संख्या सन् २०१३ मा ३ लाख ८ हजार थियो । त्यस्तै सन् २०१२ मा ३ लाख २१ हजार, २००९ मा ३ लाख ३३ हजार ५ सय, २००६ मा ३ लाख ५१ हजार, २००३ मा ३ लाख ७५ हजार ५ सय युथ पुर्ण वेरोजगार थियो । केही समय अगाडि प्रकाशित एक आँकडाका अनुसार राजधानी सउलमा मात्रै १० प्रतिशत युवा (१५–२९) बेरोजगार थिए । सरकारद्धारा सार्वजनिक आँकणा अनुसार १९९० मा भएको वित्तिय संकटपछिको बेरोजगार दर हालसम्मकै उच्च हो । अघिल्लो वर्ष युवा बेरोजगार दर ४३.७५ र ५५ उमेर समुह माथिका ६४.४५ थियो । त्यस्तै हुण्डाई रिर्सचर इन्स्च्यिुटले गरेको सर्वेक्षण अनुसार ३९ लाख शिक्षित वेरोजगार छन् । कोरियामा वर्षेनी वेरोजगारी दर वृद्धि हुदै गएको तथ्याङ्कमा उल्लेख छ । सन् २००० मा अर्ध बेरोजगार संख्या १९ लाख रहेकोमा सन् २००४ मा आइपुग्दा २८ लाख पुगेको थियो । त्यसपछि बेरोजगारी दर क्रमशः बढ्दै गएको छ जसमा युवाको संख्या बढि छ । सर्वेक्षणको तथ्याङ्क अनुसार ३०–५९ वर्ष उमेर समुहका ८.८ प्रतिशत, ६० वर्षमाथिका २१.४ प्रतिशत, २० वर्ष उमेर समूहका २० प्रतिशत, ६० वर्ष उमेर समूहका १३.५ र ५० वर्ष उमेर समूहका ९.४ प्रतिशत छन् । विश्वविद्यालयको अध्ययन सकाएका ६ लाख २९ हजार (२०.४ प्रतिशत) युवाजनशक्ति बेरोजगार छन् । श्रमबजारमा वर्षेनी हजारौ युवाहरु थपिदै गएको सो तथ्याङ्कले जनाएको छ । पछिल्ला वर्षहरुमा यहाँको शैक्षिक युवा वेरोजगार सरकारी नीति निर्माताहरुको मुख्य चुनौतीका रुपमा रहेको छ । रोजगारीमा देखिएको निराशाजनक अवस्थाले कमजोर आर्थिक वृद्धिको संकेत गरेको विश्लेषकहरुको भनाइ छ । उनिहरुले मुलुकको आर्थिक वृद्धिमा सुधार ल्याइ वेरोजगारी दर घटाउन जरुरी रहेको सुझाव दिएका छन् । उद्योग, कलकारखाना, बैकिंङ, फाइनान्स, विश्वविद्यालय, आइसिटिलगायतका रोजगारमुलक क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सृर्जना गर्न मन्त्रालयले अनुरोध गरेको यहाँका समाचार संस्थाहरुले जनाएका छन् । कारोवारबाट यो पनि पढ्नुहोस् के १० हजारमा नेपालीलाई पठाउलान् त म्यानपावर व्यवसायीले ?