
काठमाडौं, साउन ५- दुवर्ईमा एक व्यक्ति एक घरेलु कामदार महिलालाई यौन दुव्र्यवहार गरेको अभियोगमा ५ बर्ष जेल परेका छन् । २८ बर्षिय बंगलादेशी नागरिक एम टीले एक ईण्डोनेसियन महिलाको तस्वीर फेसबुक मार्फत राख्दै यौनकर्मी महिलाको रुपमा उनलाई चित्रण गरेका थिए । फेसबुक मार्फत नै चिनाजान भएकी ति महिलालाई उनले तीन हजार दिराममा बेच्न खोजेको समेत गल्फ न्यूजले खवर लेखेको छ । दुवई अदालतले ति व्यक्तिलाई मानव तस्करी गरेको, यौन दुव्र्यवहार गरेको तथा ति महिलालाई यौन व्यवसायमा लगाउन खोेजेको ठहर गरेको छ । अदालतद्धारा दोषि ठहर भएका ति व्यक्तिलाई ति महिलासँग यौन सम्वन्ध राखेको र युएईमा भिषा अवधिभन्दा बढीसमयसम्म बसेको समेत अभियोग लागेको छ । ति व्यक्तिलाई सजाय काटिसकेपछि स्वदेश फर्काइदिन आदेश दिइएको छ । ति ईण्डोनेसियन महिलालाई भनें स्वदेश फर्काइएको छ । यो पनि पढ्नुहोस् एउटा सुचनाले मेरो जीवन फेरिदियो (भिडियो सहित)