आत्महत्या गरेका व्यक्तिका परिवारलाई सहयोग

रामप्रसाद ढुंगेल, यूएई, असार १८– प्रेमिकाले धोका दिएको भन्दै मलेसियामा आत्महत्या गरेका सिन्धुली, दुधौली नगरपालिका–४ का सन्तोष भुजेलको परिवारलाई यूएई, कतार र साउदी अरबमा रहेका छिमेकीहरुले करिब ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यूएईमा रहेका उनका छिमेकी कृष्ण भट्टराईले आफ्नै एरियामा रहेका नेपालीहरुबाट १ सय यूएई दिराम्सका दरले संकलन गरी ३५ हजार रुपैयाँ भूजेल परिवारसमक्ष पठाएको जानकारी दिएका छन् । त्यसरी नै कतारबाट सन्तोष बस्नेतको नेतृत्वमा २२ हजारभन्दा बढी रकम मृतकका परिवारलाई पठाइएको छ । साथै साउदी अरबबाट गोविन्द पौडेलको नेतृत्वमा पनि २० हजारभन्दा बढी सहयोग जुटेको जानकारी भट्टराईले दिएका छन् । त्यसरी नै मलेसियाबाट २ हजार ५ सय सहयोग आएको जानकारी भुजेल परिवारले दिएको छ । काठमाडौंमा रहेकी एक युवतीसँग लामो समयदेखिको प्रेमसम्बन्धमा खटपट उत्पन्न भएपछि भुजेलले गत महिना आत्महत्या गरेका थिए । आत्महत्यापछि प्राप्त सुसाइड नोटमा क्याम्पमा रहेका सुदिप र रमेश नामका दुई व्यक्तिलाई दाइको सम्बोधन गर्दै सन्तोषले माया भन्ने चिज यस्तै हुँदो रहेछ, कसैलाई मायाले बचाउने त कसैलाई मायाले मार्दो रहेछ भन्दै उनको मायाले आफूलाई मृत्युको नजिक पुर्याएको उल्लेख गरेका थिए । यो जुनीमा त उनको हुन सकिन, अर्को जुनीमा उनको भएर आउनेछु भनी सन्तोषले सुसाइड नोटमा लेखेका थिए, ‘आज म कसैको मायामा पागल भएर टाढा जाँदैछु ।’ सन्तोष मलेसियाको जोहरबारुस्थित एक कम्पनीमा मजदुरका रुपमा काम गर्थे । कमाइ गर्ने छोराको आत्महत्याको कारण निम्न वर्गीय भुजेल परिवारको मानसिक र आर्थिक समस्या उत्पन्न भएपछि सहयोग अभियान चलाएको भएको भट्टराईले बताए । दुई वर्षअघि मलेसिया गएका भुजेल परिवारका कान्छा छोरा अत्यन्तै इमानदार, सोझा रहेको युएईमा रहेका भट्टराईले बताए । परिवारको गर्जो टार्ने छोराको आत्महत्याको खबरले परिवारमा पर्न गएको विपत्तिमा थोरै भए पनि राहत पुग्ने विश्वास भट्टराईले गरेका छन् । यो पनि पढ्नुहोस् एउटा सुचनाले मेरो जीवन फेरिदियो (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय