बैदेशिक रोजगार व्यवसायीको चुनाव आज

काठमाडौं, असार १७- बैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आज(विहिवार) निर्वाचन हुँदैछ । सो निर्वाचनमा नेपाली कांग्रेसका दुई र एमालेका एक गरी तीन प्यानल प्रतिस्पर्धामा छन् । आगामी दुई वर्षे कार्यकालका लागि हुने निर्वाचन अघि उद्घाटन सत्र र तत्पश्चात बन्द सत्र हुनेछ । मतदान पश्चात विहिवार नै मतगणना गरिने प्रमुख निर्वाचन अधिकृत बलबहादुर तामांगले बताएका छन् । उद्घाटन सत्र, बन्द सत्र, निर्वाचन र मतगणना राष्टिय सभागृहमा हुँदैछ । संघको अधिवेशनको उद्घाटन सभामुख सुवास नेम्वांगले गर्दैछन् । संघको १३औं अधिवेशनमा अध्यक्षका तीन प्रत्यासीले प्यानलै बनाएर मैदानमा उत्रेका छन् । अध्यक्षमा कांग्रेस निकट व्यवसायीहरुको संगठन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमकातर्फबाट बिमल ढकाल, एमाले निकट व्यवसायीहरुको संगठन प्रगतिशिल मञ्चकातर्फबाट सरोजकुमार पोखरेल र कांग्रेस निकट व्यवसायी किरण किशोर घिमिरेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । घिमिरे यसअघिको चुनावमा प्रगतिशिल मञ्चका उम्मेद्धार बलबहादुर तामाङसँग पराजित भएका थिए । लोकतान्त्रीक फोरममा अध्यक्षमा को उठ्ने भनेर आन्तरिक निर्वाचन भएको थियो । जसमा ढकालले १० मत र घिमिरेले ९ मत पाएका थिए । घिमिरेको भन्दा १ मत बढी ल्याएपछि फोरमले ढकाललाई अध्यक्षको उम्मेद्धार बनाएको हो । तर, आन्तरिक प्रतिस्पर्धामै हारेका घिमिरेले स्वतन्त्र अर्थात बागी उम्मेद्धारी दर्ता गराएका हुन । ७ सय ५६ व्यवसायी सदस्य रहेको संघका निर्वाचित पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचनले अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ जनाको नयाँ कार्यसमिति चयन गर्नेछ । यो पनि पढ्नुहोस् एउटा सुचनाले मेरो जीवन फेरिदियो (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: