मृत हजुरवुवासँग सेल्फि खिचेर हालेपछि हंगामा

काठमाडौं, असार १७ – साउदी अरेवियामा एक किशोरले आफ्ना मृत हजुरवुवाको अगाडी उभिएर सेल्फि खिचेर सामाजिक सञ्जालमा हालेपछि उनी पक्राउ परेका छन् । सो घटनाको अनुसन्धान भइरहेको गल्फ न्यूजले जनाएको छ । ति किशोरले अस्पतालमा मृत्यु भएका आफ्ना हजुवुवा अघिल्तीर उभिएर खिचेको तस्वीरको क्याप्सनमा हजुरवा सधैंका लागि विदा भन्ने वाक्याँश लेखेका थिए । सो पोष्टमा केहि व्यक्तिले समवेदना समेत प्रकट गरेका छन् । तर सो घटनाको ठूलो आलोचना भएको छ । मृत व्यक्तिसँग त्यसरी अनुहार खुल्लै राखेर अस्पताल प्रशासनले कसरी तस्वीर खिच्न दियो भनेर अस्पताल प्रशासनलाई कारवाही गर्नुपर्ने माग चर्को भएको छ । मदिना क्षेत्रका प्रमुख अव्दुल रजाक हफिदले ति किशोरले कसरी अस्पतालभित्रै त्यस्तो सेल्फि खिच्न सके भनेर अनुसन्धान भइरहेको बताएका छन् । यस्तो अनैतिक काम गर्ने र व्यक्ति तथा त्यस्तो काम गर्न दिने प्रशासन निश्चित कारवाहीको दायरामा छन् उनले भनेका छन् । अधिवक्ता साउदी अल हरवीले ति किशोरको व्यवहार दण्डनीय भएको बताए । यो पनि पढ्नुहोस् एउटा सुचनाले मेरो जीवन फेरिदियो (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: