मलेसियामा फेरी नेपालीको मृत्यु

सप्तरी- रोजगारीको सिलसिलामा मलेसियामा रहेका सप्तरीका प्रभुकुमार यादवको मृत्यु भएको दुई दिन नबित्दै बिहीबार फेरि अर्का युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको भारदह गाविस ५ निवासी रामेश्वर दासका छोरा २६ वर्षीय उपेन्द्र रहेको मलेसियामा रहेका उनको भाइ दीपेन्द्र दासले टेलिफोनमार्फत जानकारी दिए । दासका अनुसार प्रभुको मृत्यु भएको कारणबारे अहिलेसम्म खुल्न सकेको छैन । एक वर्ष अगाडि रोजगारीका सिलसिलामा उपेन्द्र मलेसिया गएका थिए । यसअघि मलेसियाको माइटेक कम्पनीमा कार्यरत सप्तरीको बरहीबिरपुर गाविस ९ निवासी २३ वर्षीय प्रभुकुमार यादवको पनि निधन भएको थियो । अचानक पेट दुखेपछि तत्कालै अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा दुई दिन अगाडि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । यादव एक वर्ष अगाडि मलेसिया पुगेका थिए । दुवै जनाको शव नेपाल ल्याउनका लागि उनीहरुको परिवारजनले नेपाल सरकारसँग आग्रहसमेत गरेका छन् । रासस यो पनि पढ्नुहोस् अव मलाई दुःख छैनः सीता चौधरी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय