
बाँके- सिनेमाको हिरोइन बनाइदिन्छु भन्दै ललाईफकाई १६ वर्षीया किशोरीलाई एक महिनासम्म सामूहिक बलात्कार गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । पोखरामा सुनचाँदी पसल गरी बस्ने रावल सिंह, राजा सिंह र सिमान्त दुलाईले ३० बैशाखमा बाँके कोहलपुरकी किशोरीलाई कोहलपुरदेखि १० किमी पूर्व ढकेरी जंगलमा लगेर बलात्कार गरी बेहोशीको औषधी खुवाए । औषधी खुवाई उनलाई बेचबिखनका लागि वीरगञ्ज हुँदै भारत लैजाँदै गरेका थिए । तर, प्रहरीको डरले उनलाई वीरगञ्जबाट फर्काई पोखरा लगी करिब एक महिनासम्म बन्धक बनाई सामूहिक बलात्कारको गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बन्धकबाट फुत्किएकी किशोरीले ईलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएपछि घटनाबारे थाहा भएको हो । जाहेरीका आधारमा प्रहरीले पोखरामा सुनचाँदी पसल गरी बस्ने रावल सिंह, राजा सिंह र सिमान्त दुलाईलाई ३० जेष्ठमा पक्राउ गरी कोहलपुर ल्याएको छ । घटनाको अनुसन्धान भइरहेको इप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । हिमालखवरबाट यो पनि पढ्नुहोस राजदुत भएपछिको पहिलो कामः नेपालीको तलव बृद्धि