
सुजन केसी, कुवेत- कुवेतमा रहेको नेपाली दुताबासमा एक करोड ६५ लाख भन्दा धेरै राहत रकम संकलन भएको छ । नेपाली समुदाय र दुताबासले संयुक्त रुपमा चालेको राहत संकलन अभियान अन्तरगत संस्थागत तथा ब्याक्तिगत गरि उक्त रकम जम्मा भएको हो । दुताबासमा जम्मा भएको रकम प्रधान मन्त्री राहत कोषमा जम्मा गरिएको छ । केही कम्पनीहरुमा जम्मा गरिएको रकम दुताबासमा जम्मा नगरि सिधै प्रधानमन्त्री राहत कोषको खातामा समेत जम्मा गरिएको छ यस्तै केहि राजनीतिक पार्टीहरुका यहाँ स्थित संगठनहरुले आफ्नै हिसावले पिडितहरु सम्म राहत पुर्याईएको बताएका छन । भुकम्पमा परि घर परिवार गुमाएका जो कुवेतमा कार्यरत छन तिनलाई पनि विभिन्न संघ सँस्थाले आफ्नै पहलमा सहानुभूति राख्दै राहत रकम दिएका छन । यसरी नै एनआरएन कुवेतले पनि राहत संकलन गरी केन्द्रीय राहत तथा उद्धार अभियानमा पठाएको छ । समग्रमा भन्नु पर्दा कुवेतमा करिव दुई करोड रकम संकलन भएको छ । उठेको रकम सवै स्वेच्छाले दिनेहरु बाट संकलन गरिएको हो । कुवेतमा रहेका भारतीय विद्यालयहरुले बिशेष अभियान नै चलाएर रकम संकलन गरि दुताबासमा बुझाएका छन । कुवेत सरकारले पनि नेपाललाई यहाँ स्थित रेड क्रिसेन्ट मार्फत ३० करोड रकम सहयोग गरेको छ । दुताबासमा हाल सम्म ४८ हजार ९ सय ९० दिनर ६५० फिल्स जम्मा भई सकेको छ । पहिलो चरणमा ४९२१ र दोस्रो पटकमा १०४१३ दिनार ६०० फिल्स प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको दुतावासले त्यस बाहेक ३३,६५६ दिनार दुताबासले खोलेको खातामा जम्मा भएको जनाएको छ । राहत सहयोग रकम जम्मा हुने क्रम जारि रहेको छ र यसको सटही दर दिनहुँ फरक हुने गरेकोले यकिन तथ्याङ्क फरक मितिमा फरक हुन आउछ । नेपाल कुवेत डटकमबाट यो पनि पढ्नुहोस् दुवईमा एकजनालाई फेसबुक स्टाटसले जेल पुर्यायो