काठमाडौं –मलेसियामा कार्यरत झापाका नविन परियार लुटिएका छन् । घरमा पैसा पठाउन जाने क्रममा ति नेपाली लुटिएका हुन् । उनको घर झापाको बिर्तामोड रहेको बताइएको छ । लुटेराले उनलाई नियन्त्रणमा लिएर ३ हजार रिङगेट अर्थात ८४ हजार रुपैया लुटेर लगेको उनका साथीहरुले जानकारी दिएका छन् । मलेशियाको इकुमा स्थित सुपरमार्केटमा कार्यरत परियारलाई स्थानिय तमिल लुटेराको समुहले ट्याक्सीबाट नियन्त्रणमा लिएर जंगलमा लगेर कुटपिट गरी पैसा लुटेको दाङका विनोद देवकोटाले बताएका छन् । उनका अनुसार परियारको अहिले अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय मलेशीयामा नेपाली लुटिने क्रम बढेर गएको त्यहाँ कार्यरत नेपालीहरुले जानकारी दिएका छन् । यो पनि पढ्नुहोस् ‘अव मेरो श्रीमान् कतारबाट आउनुहुन्छ’ (भिडियो सहित)
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1