दुबईमा नेपालीको अर्को व्यवसाय सुरु

भुपराज बस्याल, दुबई – “मिठो सफा, ताजा र स्वादिलो नेपाली खाना, एभरेष्ट रेष्टुरेण्टको चाहना” भन्ने नारा सहित दुवईको केन्द्र मानिने बरदुबईमा “एभरेष्ट रेष्टुरेण्ट” संचालनमा आएको छ। युएईमा बस्दै आएका डा. दिनेश आचार्य र लिला राईको संयुक्त लगानीमा रेष्टुरेण्ट सुरु गरिएको हो । स्तरिय बिभिन्न नेपाली समुदायका खानासंगै बिदेशी परिकार पनि रहने सञ्चालकले बताएका छन् । युएईमा रहेका नेपालीलाई चाडपर्ब अनुसारका खानामा हामी केहि छुट दिनेछौ उद्घाटनका अवशरमा लगानीकर्ताले बताए । लगानीकर्ताद्धयले रिबन काट्दै नरिवल फोरेर नेपाली परम्परा अनुसार रेष्टुरेण्टको उद्घाटन गरेका थिए । पछिल्लो समय नेपालीको रोजगारको राम्रो गन्तब्य रहेको युएईमा त्यहि अनुपातमा नेपाली ब्यबसाय पनि फष्टाउदै गएको छ । Dubai restaurant (2) यो पनि पढ्नुहोस् दुई बर्षमा झण्डै ४० लाख स्वदेशमै कमाई(भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय