
अर्जुन बराल, सोल – “मर्न कसैलाई रहर हुँदैन….” भन्ने आशयको स्टाटस फेसबुकमा लेखेर बिहान नौ बजे एक नेपालीले आत्महत्या गरेका छन् । एकबर्ष अगाडी दक्षिण कोरिया आएका लेखनाथ नगरपालिका वडा नम्बर ४ कास्कीका रामहरि बरालले सोमबार बेलुका आफनै कोठामा डोरीको पाँसो लगाएर आत्महत्या गरेका हुन् । दक्षिण कोरियाको ख्यङगिदो सिटी अन्र्तगत ह्रवासङ् सि ससिङमेन कम्पनिमा फलामको काम गर्ने बरालको साथमा छ पृष्ठ लामो सुसाईडनोट भेट्टिएको छ । उनको साथमा साढे तीन लाख भन्दा बढी रकम पनि रहेको र सुसाईडनोटमा उल्लेख भए अनुसारको आशय बुझदा पारिवारीक तनावका कारण आत्महत्या गरेको देखिएको छ । यसैगरी आफना चाहनाहरुमा परिवारबाट सहयोग नपाउनु, दाजु सिंगापुर गएका कारण पारिवारिक दायित्व आफूले मात्र लिनुपरेको जस्ता रहेको देखिएको छ । नेपालमा रहेका उनका आफन्तलाई जानकारी पठाईएको र प्रक्रिया पुरा हुनासाथ बरालको शव नेपाल पठाइने दक्षिण कोरियाका लागि श्रम सहचारी अनिल गुरुङ्गले जानकारी दिए । दक्षिण कोरियामा पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा आठ जना नेपालीको मृत्यु मध्ये चारजनाले आत्महत्या गरेका छन् । यो पनि पढ्नुहोस् ३५ लाखको छातीमा टेकेर किन ७ सय ५० को पक्षमा ?