डाक्टरले विरामीको पेटभित्रै मोवाइल छोडेपछि

चिकित्सकले शल्यक्रियाका क्रममा विरामीको पेटभित्रै कैंची, कपडा लगायतका कुरा छोडेका घटना त बेलाबेला सार्वजनिक भइरहन्छन् । तर जोर्डनमा भनें एकजना शल्य चिकित्सकले शल्यक्रियाका क्रममा विरामीको पेटभित्रै आफ्नो मोवाइल फोन छोडेको घटना सार्वजनिक भएको छ । जोर्डनी सञ्चारमाध्यमहरुका अनुसार ३६ बर्षिय हनान करिम गत अप्रिल २४ तारिखमा बच्चा जन्माउन जोर्डनको एक नीजि अस्पतालमा भर्र्ना भएकी थिइन् । शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रममा एक डाक्टरले आफ्नो मोवाइल फोन नै उनको पेटमा छोड्न पुगेको समाचारमा जनाइएको छ । हनानकी आमा माजिदा अव्दुल हमिदका अनुसार अस्पतालबाट घर गएपछि पनि ति महिलाले आफ्नो पेट साह्रै दुखेको बताएकी थिइन् । उनको पेटमा फरक खालको आवाज समेत आएको हनानको भनाई छ । त्यसपछि उनलाई फेरी सोही अस्पतालमा ल्याइएको थियो जहाँ उनलाई कुनै थप उपचार नगरिएको हनानको भनाई छ । त्यसपछि उनलाई अल बसिर सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो जहाँ एक्स रे गर्दा उनको पेटभित्रै मोवाइल छुटेको पत्तो लागेको थियो । त्यसपछि फेरी शल्यक्रिया गरेर उनको पेटमा छुटेको मोवाइल निकालिएको थियो । यो घटना जोर्डनको संसदमा समेत उठेको छ । साँसद शलिम अल बतानायले यो घटनाको छानविन हुनुपर्ने र दोषिलाई कडा कारवाही हुनुपर्ने माग गरेका छन् । जोेर्डनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता हातिम अल अजारीले घटनाका बारेमा गम्भीरतापूर्वक छानविन भइरहेको बताएका छन् । यो पनि पढ्नुहोस् ‘फर्कें, कमसे कम ज्यान त बच्यो’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय