युएईका नेपाली ब्यावसायी राहत बाँढ्दै

काठमाडौं- विपत्तिका वेला आफ्नै दाजुभाइ सवैभन्दा बढि काम लाग्छन् । त्यसपछि मात्रै अन्य आफन्त र छिमेकी काम लाग्छन् । यस्तै उदाहरण प्रस्तुत गरेका छन् युएईमा व्यावसाय गरेर बसेका नेपाली व्यवसायी रामभुवन चौधरीले । उनी युएईमा रेष्टुरेन्ट लगायतका ब्यावसाय गर्छन् । उनका डाँफे र नेपाली प्यालेस रेष्टुरेन्ट छन् । उनी माइग्रेट जेनेरल ट्रेडिङ कम्पनि पनि चलाउँछन् । छिट्टै नेपाली उत्पादनलाई युएईमा प्रवद्र्धन गर्ने कामको थालनी गर्न लागेका छन् । नेपालमा उनको हिमांक मार्केटिङ एण्ड सप्लायर्स नामको कम्पनि पनि छ । चौधरीले नेपालमा गएको विनाशकारी भुकम्पबाट पिडित नेपालीलाई दिल खोलेर सहयोग गरिरहेका छन् । उनले करिब ६० लाख बराबरको राहत सामग्री वितरण गरेका छन् । उनले तातोपानी नजिकको पुलपिङकट्टि गाविसका वडा नं १, २ र ३ का साढे ४ सय परिवारलाई राहत बाँढिरहेका छन् । राहत प्याकेजमा टेन्ट, ब्याल्यांकेट र एक महिनालाई पुग्ने चामल, दाल, चिउरा, नुन, तेल, भुजिया रहेको छ । हामीले ४ जना अमेरिकन डाक्टरसहितको टोली पनि सँगै लिएर आएका छौं,’ राहत बाँढिरहेको स्थानबाट टेलिफोनमा देशपरदेशडटकमसँग कुरागर्दै चौधरीले भने, ‘हामीले तीन वडाकै बासिन्दाको स्वास्थ्य जाँचगरी औषधी प्रदान गरेका छौं ।’ सो कार्यमा उनीसँगै युएईबाट आएका साङदोर्जे शेर्पाले सहयोग गरिरहेका छन् । राहत सामाग्रीहरु मोतिलाल मेमोरयिल ट्रष्टमार्फत् वितरण गरेका हुन् । आफुहरुसँग अझै राहत सामाग्री रहेको र पिडित पहिचान गरि वितरण गरिने चौधरीले जानकारी दिए । यो पनि पढ्नुहोस् ३५ लाखको छातीमा टेकेर किन ७ सय ५० को पक्षमा ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: