कतारमा नेपाली सहितको क्याम्पमा भिषण आगलागि

दोहा- कतारको एक कम्पनीको लेवर क्याम्पमा भिषण आगलागि भएको छ । सो क्याम्पमा नेपाली, श्रीलंकन तथा बंगलादशी कामदार बस्दै आएका थिए । कतार डे डटकमका अनुसार सो क्याम्पमा ४ सय ५० भन्दा बढी कामदार बस्ने गरेका थिए । शैलियाको सो क्याम्पमा बस्नेहरु सफाई मजदुरका रुपमा कार्यरत थिए । सो क्याम्पमा बस्दै आएकाहरुले आफूहरुले कुनै सामान निकाल्न नसकेको बताएका छन् । उनीहरुलाई खानाको समेत समस्या परेको समाचारमा जनाइएको छ । कम्पनीले प्रतिव्यक्ति दुईसय रियाल राहत रकम दिने तथा अप्रिल महिनाको तलव तत्काल उपलव्ध गराउने प्रतिवद्धता जनाएको छ । सो क्याम्पमा बसिरहेका कामदारलाई अन्यत्र सारिएको समाचारमा जनाइएको छ । यो पनि पढ्नुहोस् ३५ लाखको छातीमा टेकेर किन ७ सय ५० को पक्षमा ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय