प्रहरी अपराधीबीच गोली हानाहान

ताप्लेजुङ – ताप्लेजुङको साँवा गाविसमा प्रहरी र अपराधीबीच शनिबार बिहान गोलि हानाहान भएको छ । सर्वाधिक खोजिका मण्डेला लिम्बूलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई लक्षित गरी पेस्तोल प्रहार भएपछि प्रहरीले पनि फायरिङ गरेको थियो ।

सदरमुकाम फुङलिङबाट एक दिनको पैदलमा रहेको सो गाविसमा पुगेको प्रहरीले बिहान ५ बजे नै मण्डेलाको घर घेरेको थियो । घर घेरेको सुइँको पाएका मण्डेला फायरिङ गर्दै घरको माथिल्लो तलाबाट भागेको प्रहरीले बताएको छ ।

प्रहरी नायव उपरीक्षक शान्तिराज कोइराला प्रहरी प्रमुख भएर आएपछि तीन महिना यतामात्रै चार पटक उनलाई पक्राउ प्रयास गरिएको छ । उनका कारण गाउँ समाज सधैं त्रसित रहनु पर्ने र हिंसा मच्चाएर र जंगलका गोठतिर भाग्ने गरेको गुनासो स्थानीयको रहेको प्रहरी बुझाइ छ ।

मण्डेलाले काठमाडौंमा स्नातक तह पढ्दै गरेका स्थानीय राम तामाङको विवाह भोजमा हत्या गरेका थिए । अदालतले उनलाई दोषी ठहर गरेको छ ।

उपरीक्षक कोइरालाले उनलाई कुनै हालतमा पक्राउ गरेरै छोड्ने बताएका छन् । भौगोलिक विकटताका कारण केहि समस्या भएको छ, तर नयाँ रणनीति बनाएर पनि पक्राउ गरेरै छोड्छौं,’ कोइरालाले भने ।

कान्तिपुरबाट

यो पनि पढ्नुहोस्

‘फर्कें, कमसे कम ज्यान त बच्यो’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय