
कमल बराल, कतार- कतारको राष्ट्रिय यातायात कम्पनी मोवासलात (कार्वा) मा कार्यरत नेपालीले नेपालका भूकम्प पीडितका लागि ५ लाख सहयोग उठाएका छन् । सहयोग गर्नेहरुमा मान बहादुर देवकोटा (नवलपरासी), भगवान बड्तौला (मकवनपुर) कमल बहादुर बराल (सिन्धुली), डोरेन्द्र सुनचिउरी (झापा), दिपक थापा(कास्की), शिव पराजुली (रुपन्देहि), दिल दोर्जे लामा (काभ्रे), प्रेम बहादुर पोखरेल (काठमाडौं), बुद्धि ढेगा मगर (नवल परासी) कृष्ण हुमागाईं (काभ्रे), बाबुराम आचार्य (झापा), लछेन लामा (सिन्धुपाल्चोक) लगायतको सक्रियतामा सो रकम संकलन गरिएको हो । सहयोग रकम सो कम्पनीमा कार्यरत नेपाली तथा अन्य देशका नागरिकबाट संकलन गरिएको थियो । संकलित १७ हजार ९ सय ७५ रियाल (नेरु ५ लाख २ हजार २ सय २१) नेपाली राजदुतवास दोहा कतारको रोहबरमा प्रधानमन्त्रि दैवि प्रकोप राहत कोषमा जम्मा गरिएको छ । भुकम्प पिडित नेपाल र नेपालीको लागि सहयोग गर्नु हुने सम्पूर्ण नेपाली तथा गैर नेपाली मित्रहरुलाई भुकम्प पिडित सहयोग समिति मोवासलात कार्वा दोहा कतारद्धारा धन्यवाद प्रदान गरिएको छ । यो पनि पढ्नुहोस् ‘फर्कें, कमसे कम ज्यान त बच्यो’