भूकम्पले नेपाल हल्लाइ रहँदा अरवमा भएको छटपटी

लेखौ कि नलेखौ भएर बसेँ । लेखौ शोकको घडीमा के नै पो लेखौ ? नलेखौ त शब्दबिहिन भएर कसरी रहुँ ? लेखौ देश रोएको बेला कसको लागि लेखौ? नलेखौ ३ करोड जनताको क्रोदनलाई नदेखै झै भएर कसरी बसौ ? बहुतै बिलखबन्दमा लेख्न थालेको हुँ । यती ठुलो बिपतमा निस्ठुरी कसरी बन्न सक्छु र ? युएईमा यस्तै बिहानको १०:२५ भएको थियो । झापामा हुनुहुने ममातामयी माताजीले मोबाईलमा बारम्बार घण्टी बजाईरहे पछी’कल ब्याक’ नगरी सकिन । आमाको मन, भुकम्पले बिदेशमा के गर्‍यो होला भनी आत्तीईरहनु भएको रहेछ । यो बेलासम्म नेपालको कम्पनले अरबलाई छोएको थिएन । नेपाल हल्लिरहँदा अरब जगत शान्त थियो । सामाजिक सन्जालको प्रयोग सुचना आदानप्रदानमा कती छिटो हुँदोरहेछ भन्ने पनि हामीले यसपाली देख्यौं । नेपालमा आएको भुकम्पको पाँच मिनेट भित्र नै अरब जगत हल्लिन थालिसकेको थियो । भनौ, हामी अरबेहरु हल्लिसकेका थियौ। अब नेपालको कम्पनले प्रबासी सबैको फेसबूक र ट्वीटर भरिन थालेका थिए । सबैको एउटै स्वर थियो-  धरहरा सकियो, असन सकियो, काठमाण्डौ सकियो, भक्तपुर सकियो, ललितपुर सकियो । गाउँ गाउँ सकिए । जिल्ला जिल्ला तहसनहस भए । नेपाल सकियो । नेपाल आतंकित त थियो नै अब प्रबास झनै आतंकित बनेको थियो । सबै भन्दै थिए, मोबाइल बन्द भो । लेन्डलाइन उठ्दैन । हैन के भाको हो ? सबैको मुखमा यही सुनिन्थ्यो । काठमाण्डौ बाहिर केही जिल्लामा फोन संपर्क भए पनि काठमाण्डौ भने प्रबासबाट झन्डै झन्डै संपर्क बिच्छेद थियो । जसजसले सुरुमै चाल पाए फोन गरे र क्षतिको बारेमा जानकारी लिए । जसले ढिला चाल पाए दिनभर जसो तनाबमा बिताए । काठमाण्डौ हनुमान ढोकामा प्रहरी नातेदार रहेका रेशमले भने बेलाबेलामा थप जानकारी लिईरहे । भन्छन, दिनभर आफन्तलाई फोन गरेर झन्डै दुई सय दिर्हाम च्वाट भो । यस्तै तनाबमा बिताउने मध्ये एक थिईन काठमाण्डौकी बबिता केसी । ढिला गरी चाल पाएकी उनले आईतबार दिउसो मात्र आफ्ना बाउआमासँग कुरा गर्न सकिन । आफन्तजन सँग संपर्क नहुँदा उनले २४ घण्टा तनाबमा बिताउनु पर्‍यो । जसै दिन बित्दै गयो क्षतिका विवरणहरु एक एक गरेर आउन थाले । साथीहरु घरबार बिहिन हुनपुगेका खबर धमाधम आउन थाले । गोर्खाका सुरेश ढकाल हुन या सिन्धुपाल्चोकका किशोर शाक्य सबैको एउटै पिडा थियो । दाई, बर्बाद भो नि ! घर त ढलेछ नि । क्षतिका थप विवरणहरु धमाधम सुनिन थाले । अब कसैको घर भत्किनु सामान्य हुनथलिसकेको थियो । कती हताहती भए भन्ने कुरामा सबैको ध्यान जान थालेको थियो । जिल्ला जिल्लाका रिपोर्टहरु आउन थालिसकेका थिए । युएईमा रहने केही पत्रकार साथीहरुले ‘वाट्स अप’ मा नमस्ते रेडियो नै चलाए । छिनमा घटनाका विवरणहरु वाट्स अप मार्फत जानकारी दिनथाले । जिल्ला जिल्लाका खबरहरु सुनाउन थाले । नेपाल भरका समाचारहरु कुनै आँफै बाचन गरेको पाइयो भने कतीपय समाचारहरु एफएमबाट क्लीप बनाएर पोस्ट गरियो । जे जती गरे साह्रै नै सर्हानिय कार्य गरे । समयले आफ्नो बाटो ताकिरहेको थियो । युएईमा भने कसले के गर्ने के नगर्ने भन्ने बारे सबैले केही सोच्न सकेको अवस्था नै थिएन । एकातिर खबरहरु अपुस्ट छन अर्को तिर अपूर्ण पनि छन । कती सत्य हो कती असत्य हो छानी छानी सुन्नुपर्ने,छानी छानी बुझ्नु पर्ने पिडाले सबैलाई सताइरहयो । झन पटक पटक आएको भुकम्पको झट्काले नेपालमा मात्र कहाँ हो र युएईमा झनै ठुलो आतंक मच्चाएको थियो । ड्युटीमा गएर पनि कसैले काम गर्न सकेको अवस्था थिएन । कम्पनीले पनि सधैं झै कसैलाई करकाप गरेन । भोलीपल्ट सम्म पनि युएईमा बस्ने नेपालीहरु धेरैको घरमा संपर्क हुन सकेको थिएन । सबैको अनुहार मलीन देखिन्थ्यो । आफ्नै गाउँमा ठुलो क्षति भयो भनेर सुन्दै गर्दा आफ्ना बाउआमा, श्रीमती, छोराछोरीको बारेमा बेखबर हुनुले सबैका नौनाडी गलेका थिए ।photo3 युएईबाट प्रकाशित हुने ठुला मिडियाहरुले भोलीपल्टको समाचारमा नेपाललाई बिशेष स्थान दिए । ३ लाख नेपाली भएर पनि महत्व नपाउने हाम्रो मुलुकको  भुकम्प र यसको क्षतिको बारेमा बिशेष समाचार छापे । युएईमा रहने प्रायको २४ घण्टा यसरी नै बिते । त्यही दिन बेलुकी पख केही समाजसेवीहरु एनआरएनको नेतृत्वमा अबुधाबी दुताबासमा भेला भए । केही समाजसेवी नेपाली समाजको नेतृत्वमा नेपालीको जक्सन दुबईको मेट्रो पार्कमा भेला भए । कोही कोही रेस्टुरामा भेला भएर कसरी सहयोग गर्न सकिएला भन्दै बैठक बसे । नेपालीका जती पनि संघसस्था छन सबै आफ्नो आफ्नो समुहमा छलफलमा जुटे । सबैले मन फुकाएर सहयोग गर्ने घोषणा गरे । एक्ला एक्लै घोषणा गरे पनि सहयोग संकलन मिलेर नै गर्ने उद्घोस् गरे । भोलीका दिनमा कसरी गर्ने हुन त्यो भने हेर्न बाँकी नै छ । shyaam kandel यिनै समाचारका बारेमा जानकारी लिदै गर्दा अबुधाबीका नबराज नबोदितको फेसबूकको स्ट्याटसले मन धुरुधुरु रोयो । सिन्धुपाल्चोक मेलम्चीका श्याम कंडेलको बियोगको पीडा सुनीसक्नु छैन । नबोदित लेख्छन- यिनी हुन सिन्धुपाल्चोक मेलम्चीका श्याम कँडेल । अबुधाबी स्थित सेक्युरीटी गार्ड मिडल इस्ट कम्पनीमा बिगत १६ महिनादेखि क्लिनिङको काम गर्दै आएका यिनी आजको महाभुकम्पको कारण संधैको निम्ति एक्लो भएका छन । धेरै पहिले नै आँफूलाई जन्मदिने आमालाई गुमाई सकेका यिनलाई आज दोस्रो पटक नियतीले लुटेको छ । श्याम कंडेल भक्कानिँदै बरबराउँछन । केही समय पहिले धेरै सपना देखेर उनले आफ्नी प्यारी श्रीमतीलाई आँफै सँग बिदेश लिएर आएका थिए । यता आएपछि श्रीमती गर्भवती भईन । यहाँ डेलिभरी खर्च धान्न नसक्ने भएकोले उनले श्रीमतीलाई  नेपाल पठाएका थिए । एक दिन पहिले शुक्रबारको दिन मात्र हस्पिटलमा छोरो जन्मदा श्याम कम रमाएका थिएनन । बेलुका साथीभाईहरु सबैलाई कोठामा बोलाएर पार्टी पनि खुवाए ।  तर उनको खुशी एक दिन पनि टिक्न सकेन । भुँईचालो आउनु भन्दा १० मिनेट पहिले मात्र हस्पिटलबाट छोरा सहित घर पुगेकी आफ्नी प्राणप्यारीलाई भरखर जन्मेको छोरो सहित घरले पुरिदियो ।bahini ra wife त्यही घरले हजुरआमालाई पनि छोडेन । भदा जन्मिएको खुशीमा काठमाडौ बसेर पढ्ने उनकी बहिनी घर पुगेकी थिईन,  उनलाई पनि छोडेन पापी कालले । सबै जनालाई दैबले चुँडेर लग्यो । उनका बुबा र सौतेनी आमा भने भागेर ज्यान जोगाउन सफल भएछन । अब म कसका लागि नेपाल जाउँ ?  कंडेल भक्कानिदै थिए । मेरो घर मात्र भत्किएन संसारै भत्कियो दाई भन्दा नबोदितले उनलाई संझाउन सक्ने कुनै शब्द नै भेट्न सकेनन । कति निष्ठुरी रैछ यो दैबपनि । यता समाजसेवीहरुको बैठक बसीरहेको थियो । उता नबोदित सहितका नेपालीहरुले श्याम कंडेललाई नेपाल पठाउन चाँजो मिलाउन थालिसकेका थिए । बैठक सकिदै गर्दा नेपाली डेढ लाख रुपैयाँ सहयोग राशीसँगै श्याम घर जाने तयारीमा थिए । बिछोडको घडीमा शोकलाई शक्तीमा बदल्ने साहस उनमा आओस । यो लेख लेख्दै गर्दा उनी अहिले नेपाल पुगिसकेका छन । उनका परिवार सहित यस महाभुकम्पमा ज्यान गुमाउने सबै नेपालीहरुमा युएईबासीको तर्फबाट हार्दिक श्रद्दान्जली । मेघराज सापकोटा, युएई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय