यस्तै छ युएईको दुतावासको रामकहानी

मेघराज सापकोटा, युएई- घरमा बाऊ साह्रै नै दुखेछन । छोरो बैध बा लाई खोज्नलाई गाउँ पसेछ । नजिकै छिमेकीकोमा जुवाडेहरु तास खेलीरहेको देखेपछी त्यही लतमा परेको छोरो उतै अलमलिएछ । दिनभर छोरो नआउदै उता बाबु परमधाम गएछन । बाबुको मृत्युको खबर लिएर छिमेकी छोरो भएको ठाउँमा पुगेछन र बाऊको मृत्यु भएको खबर सुनाएछन । तासमा ब्यस्त छोरो भन्छ ‘घाटमा लाँदै गर न । म आईहाल्छु नि ।’ मलामीहरु घाटबाट फर्केर घर आईपुग्दा छोरो पनि टुप्लुक्क घर आईपुगेछ । Meghraj Photoयुएईमा पनि यस्तै भयो । आगामी नोभेम्बर २४ तारिकबाट हस्तलिखित पासपोर्ट चल्दैन । पुरानो हस्तलिखित पासपोर्टलाई नयाँ एमआरपीले उक्त मिति भित्रै प्रतिस्थापन गरिसक्नु पर्दछ । झन्डै ३ लाख नेपाली कामदार रहेको युएईमा अहिलेसम्म त्यस्तै ५० ६० हजारले एमआरपी बनाए होलान । बाँकी अढाई लाखमा कतिसँग पहिले नै नयाँ पासपोर्ट थियो र कतिले अहिलेसम्म बनाएका छैनन भन्ने लेखा जोखा कुनै पनि निकायसँग छैन । दुताबाससँग त हुने कुरै भएन । नयाँ एमआरपीको हल्ला चलेको पनि दुई तीन बर्षै भयो । पासपोर्ट बनाउनको लागि नेपाली दुताबास रहेको स्थान अबुधाबी नै जानु पर्दछ । अबुधाबी पुग्न दुबईबाट २०० किमी र उत्तरी राज्य रसअल खैमह, एमअल कुइन र फुजेराबाट ३०० किमी भन्दा टाढा छ । जहाँ दुई तिहाइ नेपालीहरु रहेको अनुमान छ । दुई बर्ष पहिले बिभिन्न संघसस्थाहरुले राजदुतलाई टाढा रहेका नेपालीहरुको लागि एमआरपी घुम्ती सेवा सञ्चालनको लागि अनुरोध गरेका थिए । महामहिमले भुईमा कुरा खस्न दिएनन । उनले भनेका थिए, सम्भब छैन । सुरक्षा nepaliembassadorदृष्टिकोणले पनि ठीक हैन । कानुनी तवरले पनि गर्न सकिन्न । उक्त क्षेत्रका नेपालीहरु सबै निरास भए । आखिरमा यति टाढाको यात्रा गरेरै धेरैले एमआरपी बनाए । धेरै हल्लीखल्ली पश्चात नेपाल सरकारले अन्ततः खाडी मुलुकमा एमारपी बनाउने घुम्ती टोली टास्कफोर्स पठाउने घोषणा गर्यो । परराष्ट्रको घोषणाको केही दिन पछी पत्रकार महासंघ, युएई शाखाको टोली अबुधाबी दुताबास पुगेको थियो । पंक्तिकारको जिज्ञासामा महामहिमले घुम्तीटोली असम्भव रहेको जिकिर दोहोर्याए । नेपाली सरकारको निकायले नेपाली संस्कार र नेपाली परम्परा छोड्ने कुरै भएन । सरकारले घुम्ती टोली घोषणा गरेको दुई तीन महिना पश्चात टोली अबुधाबी झरेको छ । उता टोली हिंड्न आँट्यो है भन्ने चाल पाएका माहामहिमले नेपालबाट टोली उड्नु भन्दा अघी नै यता आफ्नो टोलीलाई टाढाको दुई राज्यमा घुमाइ सकेका थिए । दशौं हजार रहेका भनिएका दुई राज्य रसअल खैमह र फुजेराहबाट जम्मा जम्मी ३०० जनाले नयाँ पासापोर्टको लागि फारम भरे । पटक पटक अनुरोध गर्दा पनि महामहिमले असम्भब भनेपछी यी क्षेत्रका नेपाली कामदारहरु अबुधाबी पुगेरै फारम भरे । बिचरा गाडी भाडा मात्रै तीन चार सय दिर्हाम खर्चेर फारम भरेर बेलुकी कोठामा आईपुग्दा महामहिमको टोली पनि पछी पछी आउदै थियो । महामहिमको यो कदमले थोरै नेपाली जसले यो सेवा लिन पाए उनीहरु मात्रै खुशी भए । धेरैले धारे हात लगाए । म आफु पनि धेरै मध्येमा नै पर्छु । nepalembassy2 सरकारले परराष्ट्र मन्त्रालय मार्फत बिदेशमा रहेका दूतावास तथा नेपाली समुदायसँगको सहकार्यमा त्यहाँ टोली नै पठाएर आवेदन संकलनको लागि भन्दै दुई सदस्यिय टोली यहाँ पठाएको हो रे । टोलीमा अधिकृत उद्दव न्यौपाने र नासु अरेन्द्र महर्जन गरेर २ जना कर्मचारी रहेछन । पासपोर्टको फारम भर्ने काम त दोकानले गर्छ । बाँड्ने काम त स्वयम सेवकले गर्छन् । मान्छे हुन्जेल दुताबासको चार पर्खाल बाट टसमस नहुने महामहिमले पाहुनालाई के काम दिने होलान ? युएईका सबै नेपालीहरुले चासोका साथ हेरिरहेका छन । जुन बेला हामीले रोयौ करायौ त्यो बेला कुरा नै सुनेनन् । अब अहिले प्रायःले फारम भरीसके पछी सरकार पनि स्वाङ पार्दैछ । यस्तै कानेखुसी गर्छन् युएईमा । जानकारहरुले सार्वजनिक रुपमा मुख नखोले पनि ब्यक्तिगत भेटघाटमा भने जिब्रो टोक्ने खालको कुरा खोल्छन । कोही प्रमाण नभएको कुरा बोल्नु हुन्न भन्छन । कोही बोले नेपाल फिर्ता जानु पर्ला है पनि भन्छन् । त्यही भएर केही यस्ता सवालहरु अहिले सम्म पनि तै चुप मै चुप छन । यी सवालहरु कानेखुसी सवाल हुन । सार्वजनिक सवाल हैनन । त्यसकारण सम्बन्धित पक्षले कानेखुसीमै जवाफ फर्काउछ भन्ने लागेको छ । किन कि सार्वजनिक रुपले त बोलीसक्नु छैन, जानकारहरु यसै भन्छन । पहिलो सवाल, जानकारहरु भन्छन एमआरपी घुम्ती टोली बनाउने र टाढाका नेपाली कामदारहरुलाई सेवा दिने कुरामा दुताबास कहिल्यै सकारात्मक थिएन । परराष्ट्रको टोली आउने निश्चित भए पश्चात दुताबासको टोली उनीहरुलाई खै के कारणले हो कुन्नी बाईपास गरेर हतार हतारमै फुजेराह र रसअल खैमह पुगेका रे । त्यसको कारण के हो उनीहरु नै जानुन तर बर्षौ देखी रोइकराइ गर्दा पनि हुन्न भन्ने दुताबासले यसरी झटपट घुम्तीटोली पठाउनुले पहिलो कानेखुसी सवाललाई पुष्टी गर्ने सहयोग पुर्याएकै छ । nepalembassy3 दोस्रो सवाल, अहिले युएईका बिभिन्न संघसंस्थाहरुमा चलेको बहस भनेको दुबईमा कन्सुलेट अफिस कसरी खोल्न सकिएला भन्ने छ । जानकारहरु यसमा पनि अबुधाबी दुताबास प्रति शंकाका दृष्टिकोणले हेर्छन । म त त्यस्तो हैन भन्छु । उनीहरु कन्फर्म हो भन्छन । ठोकुवा गर्छन् गाँठे । दुबईमा कन्सुलेट अफिस खोले पछी दुताबासको ब्यापार कम हुन्छ रे । ब्यापार कम भए पछी नाफा कम हुन्छ रे । नाफा नहुने भए पछी दुनियाँका माग भाँडमा जाओस रे । कृपया नाम चाँही नलेखीदिनुस् है भन्छन । हुन्छ नभने त्यती कानेखुसी गर्न पनि मान्दैनन । मानौ, त्यती बोल्न पनि युएईकै कानुन पल्टाउनु पर्ने ।nepalembassy1 तेस्रो सवाल, यो सवाल दोस्रो सवाल कै सहयोगी सवाल हो । दुताबासको ब्यापारमा युएई कै केही नाम चलेका ब्यक्तीकै हात रे । उनीहरु भन्छन, संस्थाको नाम भजाएर समाजसेवी बन्छन रे । अनी यस्तै गन्धे काम गर्छन् र जनताका गला रेट्छन । भ्रष्टाचारको प्रोजेक्ट चलाएर भागबण्डामा बसेका छन रे । नत्र एक्लै कहाँ आँट गर्छ हो दुताबासले ? बीच बीचमा भन्दै पनि गर्छन्, मेरो नाम चाँही कृपया उल्लेख नगरिदिनु होला है । म त भन्छु, जसजसले मलाई यी कानेखुसी गरे ती सब फटाहा साबित हुन । झुट हुन । पूर्वग्राही हुन । आरिसे हुन । अर्काले गरिखाएको देखी नसक्ने होउन । नेपाली दुताबास हाम्रो गर्व गर्ने अभिभावक होस् । दुबईमा चाँडै कन्सुलेट अफिस खोल्न बिशेष पहल गरोस । खोलेरै छोडोस । त्यती मात्रै कहाँ होस् र ? महामहिमले दुई तीन महिनामा एक पल्ट दुर्गम राज्यहरुमा पुगेर नेपालीहरुले काम गर्ने जोखिमपूर्ण कार्यको निरिक्षण गरुन । महिला श्रमचहचारीले ठाउँ ठाउँमा महिलाहरुलाई भेटुन । कति बसीरहने एकै ठाउँ ? ठाउँ ठाउँमा जाउन । सबै क्षेत्रमा सबै सेक्टरमा काम गर्ने नेपाली महिलाहरुको घाऊमा पट्टी लगाउने काम गरुन । बरु कानेखुसी गर्नेहरु चाँही सबै भाँडमा जाउन । म त चाहन्छु दुताबास सबको वाह वाह बनोस । तर त्यो दिन कहिले आउला त महामहिम ज्यू ? यो पनि पढ्नुहोस् रंगिन दुवईका रेगिस्तानी कथाहरु कहाँ होलान् उनीहरु ? श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: