मलेसिया र सिंगापुर सहयोग पठाउन तत्पर

काठमाडौं- सिंगापुर सिभिल डिफेन्स फोर्सले भुकम्प प्रभावित नेपालमा ५५ जनाको खोजी तथा उद्धार दल पठाउने तयारी गरेको छ । यसैगरी फोर्सले उनीहरुको सहयोगका लागि प्रकोपका समयमा उद्धारको काम गर्ने केहि अधिकारी र गोर्खा रेजिमेण्टका केहि अधिकृतहरुलाई पनि पठाउने जनाएको छ । द स्टेटटाइम अनलाइनका अनुसार सिंगापुरको रेडक्रसको अपिलपछि त्यहाँको सरकारले १ लाख डलर सहयोगको घोषणा समेत गरेको छ । नेपाललाई सहयोग गर्न सिंगापुरको रेडक्रसले आव्हान गरेको थियो । सिंगापुरका प्रधानमन्त्री ली हिजिन लोंगले नेपालका प्धानमन्त्री सुशील कोइरालालाई समवेदना सन्देश पठाउँदै सिंगापुर यो दुःखद घडीमा साथै रहेको बताएका छन् । यसैगरी डाँगोटे न्यूजका अनुसार मलेसियाले पनि नेपाललाई सहयोगको घोषणा गरेको छ । मलेसियाका विदेश मन्त्री दातुक सेरी अनिफा अमनले नेपालको विमानस्थल सुचारु हुने वित्तिकै सहयोग पठाइने बताए । आशियान क्षेत्रका विदेश मन्त्रीहरुका लागि आयोजित रात्री भोजका अवशरमा विदेशमन्त्री अमनले यस्तो बताएका हुन् । उनले भने हामी कुनै विलम्व नगरी सहयोगका लागि जाने छौं तर त्यसका लागि त्यहाँ(नेपाल) को विमानस्थल खुल्नुससम्म हामीले पर्खिनुपर्छ । यो पनि पढ्नुहोस् कतार रेडक्रसद्धारा ठूलो सहयोगको घोषणा, थप सहयोगका लागि अपिल सहयोगको घोषणाबाट खुसी छुः भारतीय प्रम मोदी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय