कतार रेडक्रसद्धारा ठूलो सहयोगको घोषणा, थप सहयोगका लागि अपिल

दोहा कतारको रेडक्रसले नेपालका भूकम्प पीडितका लागि आपतकालिन कोष अन्तर्गत १० लाख मिलियन कतारी रियाल बरावरको सहयोग सामग्री उपलव्ध गराउने घोषणा गरेको छ । कतार रेडक्रसको वेभसाइटमा एउटा अपिल राख्दै यस्तो जानकारी गराएको हो । यसैगरी १ करोड २० लाख कतारी रियाल(झण्डै नेरु ३२ करोड) उठाउन आव्हान गरेको छ । सो सहयोग आवास, स्वास्थ्य सहयोेग, शौचालय तथा विस्थापितहरुको पुनस्र्थापनाका लागि उपलव्ध गराइने रेडक्रसले घोषणा गरेको छ । नेपालमा शक्तिशाली भूकम्प गएको आधाघण्टा पश्चात कतारमा रेडक्रसले बनाएको आपतकालिन कक्षले यो जानकारी दिएको हो । सञ्चार सम्पर्क कतिपय ठाउँमा टुटेका कारण यकिन जानकारी नआइसकेको अवस्थामा नेपाल सरकारले हेलिकप्टर, पानी, खाद्यान्न तथा आवासका लागि आव्हान गरेका कारण सोही प्रकृतिका सामान उपलव्ध गराउने रेडक्रसले बताएको हो । काठमाडौं लगायत देशका विभिन्न भागमा भूकम्पले ठूलो क्षती गराएको अवस्थामा मानविय सहयोग अन्तर्गत सवैलाई सहयोग गर्न रेडक्रसले आव्हान गरेको हो । यो पनि पढ्नुहोस् भुकम्प पीडितका लागि कतारबाट एनआरएनको सहयोग आव्हान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय