तीन महिना अघि मलेशिया पुगेका युवाद्धारा आत्महत्या

रामचन्द्र वि.क., रामेछाप- रोजगारीको सिलसिलामा मलेसिया पुगेका रामेछापको गेलु गाविस वडा नं. १ घुर्पाङका कृष्णहरी बुढाथोकीले गत बैशाख ६ गते आत्महत्या गरेका छन् । उनले आफु बस्दै आएको कोठा नजिकै रहेको रुखमा झुन्डिएर आत्म हत्या गरेका छन् । उनी बिआरसी होल्डिङ्स, मलेसियामा फ्याक्ट्री वर्करको रुपमा काम गर्दथे । उनी गत माघ ९ गते मलेसिया हिंडेका हुन् । मलेसिया स्थित दुताबास, काम गर्दै आएको कम्पनी, त्यस कम्पनीमा कार्यरत नेपालीहरुको सहयोगमा केही दिनमै उनको शव नेपाल ल्याउने प्रयास गरिएको मृतकका दाजु भरत बुढाथोकीले जानकारी दिएका छन् । उनको शव नेपाल ल्याइसके पछि नेपालको बिमा कम्पनी र बैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट उनका परिवारले पाउने क्षतिपूर्ति बापतको रकम उनका परिवारलाई दिलाउनको लागि चारघरे सेवा समितिद्धारा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र मन्थली रामेछापले सहयोग गरिरहेको बुढाथोकीले बताए । २०७१ बैशाखमा विवाह गरेका कृष्णहरी बुढाथोकीका श्रीमती र एक छोरी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय