बैदेशिक रोजगारका नाममा ठग्ने पक्राउ

काठमाडौँ पोर्चुगलमा राम्रो कामका लागि पठाइदिन्छु भनी ठगी गर्ने तनहुँ वसन्तपुर गाविस–२ का २५ वर्षीय शेखरभद्र खनाललाई प्रहरीले पक्राउ गरेको छ। खनालले काठमाडौँ थानकोट बस्ने पाँचथर लुङरुपाकी २७ वर्षीया अन्जना राईलाई विभिन्न प्रलोभनमा पारी पोर्चुगलमा राम्रो कामका लागि पठाइदिने भनी उनको राहदानी र नगद चार लाख समेत लगेर सम्पर्क विहीन भएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको हो । नयाँबानेश्वरमा डेरा गरी बस्ने खनाललाई महानगरीय अपराध महाशाखाको टोलीले अनामनगरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग तिनकुने काठमाडौँ पठाइएको छ । अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय