नेपालीलाई सजिलै घर फर्किने वातावरण बनाउ

मलेसिया- नेपाली दुतवास मलेसियाले घर फर्कन चाहने नेपालीलाई सहज रुपमा यात्रा अनुमतीपत्र वितरण गर्न प्रवासी नेपाली मञ्च मलेसियाले आग्रह गरेको छ । मंगलवार मञ्चले नेपाली दुतवास मलेसियाका राजदुत डां निरञ्जन मानसिंह वस्न्यातलाई ज्ञापन पत्र वुझाउदै यस्तो माग गरेको हो । नेपाली नागरीकको भएको प्रमाण पेश गर्ने जो कोही अवौधानीक नेपाली श्रमीकलाई यात्रा अनुमती पत्र दिन माग गरिएको छ । मञ्च अध्यक्ष्य राजेन्द्र भण्डारी र महासचिव दयाराम कुमालद्धारा हस्ताक्षरित सो ज्ञापन पत्रमा नेपाली नागरीकलाई वाध्यकारी नियम नवनाई सहज रुपमायात्रा अनुमती पत्र वितरण गर्न माग गरिएको छ । मलेसियामा रहेको नेपाली दुतवासले केहि दिन अघि एक सुचना प्रकाशित गर्दै घर फर्कन चाहने अवौधानीक नेपालीले कोपारासि एसडिएनविएचडी मार्फत मात्रै जान सकिने वताएको थियो । स्थानिय दलाल र विचौैलियाले नेपाली नागरीकलाई ठगी गरेको प्रमाण भेटीएकाले यसरी नेपाली नागरिक ठगीमा नपरुन भनेर यस्तो नियम ल्याएको दुतवास श्रोतले वताउदै आएको छ । मञ्चका अध्यक्ष भण्डारीका अनुसार आज राजदुत वस्न्यातसँग भेटगरी सो ज्ञापनपत्र वुझाइएको हो । मञ्चका पदाधिकारी र राजदुतविचको भेटमा राजदुतले कोपरासी लाग्दै आएको लागतमा केहि शुल्क कम गर्ने वा नयाँ वोलपत्र आह्वान गर्ने वारे सकारात्मक भएको भण्डारीले वताए । सो ज्ञापन पत्रमा नेपाली दुतवास भित्रै नेपाली ठगिएको भनी पछिल्लो समय संन्चार माध्यममा आएको समाचार बारे सत्य तथ्य बाहिर ल्याउन माग गरिएको छ । नेपाल र मलेसिया विचश्रम साझौताका लागी दुतवासले भुमीका खेल्नु पर्ने र नेपाली कामदार मलेसियामा पठाउन सरकारले वन्द गरेको भन्ने समाचारका विषयमा पनि कामदारका हितमा काम गर्न माग गरिएको छ । मञ्च नेकपा एमालेको प्रवास कमिटी हो । मञ्चको सो ज्ञापन पत्र परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र नेकपा एमाले केन्द्रीय कार्यलयमा समेत वोधार्थ पठाइएको छ । अवौधानीक रुपमा रहेका विदेशीका मदारलाइ घर फर्क अभियान अन्र्तगत मलेसिया सरकारले अभियान संन्चालन गरेको छ । मलेसियाको अध्यागमन कार्यलयमागई आत्मसर्मपण गरे ४ सय आरएम जरिवाना तिरेर कामदार घर फर्कन सक्ने छन । नेपाली दुतवासले भने नेपाली नागरिकका लागी यहाँको अध्यागमन विभागका पूर्व कर्मचारीको संगठन कोपरासी मार्फत घर फर्काउदै आएको छ । पछिल्लो समय कोपरासीले लिने १ हजार २ सय ८० रिङ्गेट भन्दा बढी रकम असुलेर मलेसियाका दलाल र विचौलीयाले श्रमीक ठगी गरेको भन्दै कोपरासीको रकमतिरेको रसिदलिएर मात्र यात्रा अनुमती पत्रदिने नियम बनाएको हो । दुतवास श्रोतका अनुसार ठगी बढेको गुनासो कै कारण यो नियम ल्याउनु परेको हो । तथापी केहि संघसस्थाका अनुसार कोपरासीले नै अवौधानीक श्रमीक सगँ बढी रकम असुलेको आरोप लगाउदै आएका छन् । कोपरासीले नेपाली श्रमीक सगँ करिव ४ सय रिङ्गेट वढी रकम असुलेको आरोप उनीहरुको छ । अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय