नेपाली महिलालाई यौन दुव्र्यवहारको आरोपमा ओमानी पक्राउ

दुवई, दुवईमा एक नेपाली महिलालाई यौन दुव्र्यवहार गरेको अभियोगमा एक आमानी नागरिक पक्राउ परेका छन् । ति नेपाली महिला क्लीनरको काम गर्ने बताइएको छ । अबु हाली मेट्रो स्टेशनमा काम गर्ने ति नेपाली महिलालाई ३२ बर्षिय ति ओमानी नागरिकले पछाडीबाट समातेका थिए । उनले ति महिलालाई जवर्जस्ती अंगालो हाल्न खोजेको समाचारमा जनाइएको छ । तर पक्राउ परेका आरोपीले भनें आफूले ति महिलालाई दुव्र्यवहार नगरेको बताएका छन् । मैले उनलाई छोएको पनि छैन उनले प्रहरीसँग भनेका छन् । तर ति नेपाली महिलाले भनें आफूलाई ति व्यक्तिले कस्सेर आफूलाई समातेको र आफूतर्फ जवर्जस्ती तानेको बताएकी छिन् । सीसीटीभीमा ति महिलाले ति पुरुषलाई कस्सेर ठेलेर भाग्दै गरेको देखिएको समाचारमा उल्लेख छ । घटना विहानको साढे ६ बजे भएको थियो । ति महिला शौचालय सफाईको काम गर्दै थिइन् । प्रहरीमा उनले भनेकी छिन्ः मैले सफाईको काम सके र जव शौचालयबाट फर्किंदै थिएँ, त्योे व्यक्तिले मलाई चुम्वन गर्न भन्यो । मैले अस्वीकार गरें । त्यसपछि उसले जवर्जस्ती समात्यो र आफूतर्फ तन्यो । उसले मेरो सर्टभित्र हात हाल्न खोज्यो । मैले छोड्न भन्दा उसले नमानेपछि म चिच्याएँ । उसले मलाई अझै छोडेन । मैले बल्लतल्ल आफूलाई छुटाएँ र भागें । त्यसपछि मैले सुरक्षाकर्मीलाई यसबारे जानकारी गराएँ ।’ सो ठाउँमा रहेका नेपाली सुरक्षाकर्मीले पनि सो घटनाको पुष्टि गरेका छन् । यो घटनाका बारेमा आगामी बुधवार अदालतमा सुनुवाई हुनेछ । यो पनि पढ्नुहोस् यस्तै छ युएईको दुतावासको रामकहानी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय