बैदेशिक रोजगारीमा ठगेको भन्दै एजेण्टलाईमा मार्न हिंडेकाहरु पक्राउ

चितवन—चितवनमा प्रहरीले शनिबार दिउँसो नारायणी नदी किनारबाट एक एक थान सिक्सर रिवल्वर र कटुवा पेस्तोलसहित पाँचजनालाई पक्राउ गरेको छ। अनुसन्धानको क्रममा खुल्यो त्यस्ता अवैध हतियारसहित समातिएका उनीहरुले वैदेशिक रोजगारीमा संलग्न एकजना व्यक्तिको हत्या गर्ने योजना बनाएका रहेछन्। अफ्रिका पुर्याकएर अलपत्र पार्नेसँग बदला लिन खोजेका रहेछन्। प्रहरीले रोल्पा उवा गाउँ वडा नं ४ का २६ वर्षीय प्रेम रोक्का मगर, दाङ तुलसीपुरका ३० वर्षीय बिशाल घर्ती मगर, सिन्धुपाल्चोकका १९ वर्षीय प्रेम तामाङ, मोरङका २१ वर्षीय मयक साह र नवलपरासीका २२ वर्षीय मिनबहादुर रानालाई समाएको हो। यी पाँचमध्ये रोल्पाका प्रेम र दाङका बिशाल अघिल्लो वर्षको जेठमा अफ्रिका पुगेका थिए । अनुसन्धान जारी नै रहेको भन्दै प्रहरीले उनीहरुलाई अफ्रिका पुर्याउने व्यवसायीको नाम सार्वजनिक गर्न चाहेको छैन। प्रेम र विशालका अनुसार ९ लाख रुपैयाँ लिएर उनीहरुलाई कामका लागि पर्यटक भिसामा अफ्रिका पुर्याइएको थियो । दिल्लीबाट हवाइ मार्ग हुँदै जिम्बाबे र जिम्बाबेबाट जंगलको बाटो दक्षिण अफ्रिका छिराएको प्रेमले बताए। ुजिम्बाबेको भिसा थियो तर काम गर्न दक्षिण अफ्रिका पुर्‍याइयो। दक्षिण अफ्रिका पुगेको एक हप्तामा पक्राउ परियो आइतबार चितवन जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रेमले भने। पक्राउ परेपछि दक्षिण अफ्रिकाले उनीहरुलाई जिम्बाबे पठाइदियो। जिम्बाबेले गैर कानुनी रुपमा अन्य देश छिरेको भन्दै जेल पठाएको प्रेमले बताए। जेलमा पाकिस्तानी नागरिकहरु सम्पर्कमा आएपछि पाकिस्तानी दुतावासको सक्रियतामा दुई महिनापछि आफुहरु जेल मुक्त भएको प्रेमको भनाइ छ। नेपाल आएपछि आफूहरुलाई अफ्रिका पठाउने व्यक्तिलाई भेटेर रकम फिर्ता मागेको उनले बताए। तर पटक पटक गरेर जम्मा ७५ हजार रुपैयाँभन्दा अरु नदिएको बिशालको भनाइ छ। साह्रै झुलाएपछि हैरान भइयो। रिस पनि निकै उठ्यो । अनि थर्काएर हुन्छ वा के गरेर हुन्छ पैसा फिर्ता लिएरै छाड्ने योजनाका साथ अरु साथीहरु पनि सँगै लिएर हतियार बोकेर नारायणगढ आएका हौं चितवन जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बिशाल र प्रेमले भने। विदेश पठाउने एजेण्टलाई उनीहरुले नारायणगढमा नै बोलाएका थिए। एजेन्टलाई बोलाएर कागज गराउने नमानेमा हत्यासमेत गर्ने मनसाय राखेको पाइयो पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सहकुलबहादुर थापाले भने । एजेन्टको पनि खोजी भइरहेको र उसले अलपत्र के कसरी पारेको हो त्यसको पनि विस्तृत अनुसन्धान गर्ने एसपी थापाले बताए। ना १ ज ३०७० नम्बरको ट्याक्सीमा रहेका उनीहरुलाई वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाको नेतृत्वको प्रहरी टोलीले समाएको हो। उनीहरुलाई हातहतियार तथा खरखजना ऐन अनुसार मुद्दा चलाउने एसपी थापाले जानकारी दिए। अपराध प्रमाणित भएमा ३ देखि ५ वर्षसम्म कैद ६० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। नागरिकबाट यो पनि पढ्नुहोस् कहाँ होलान् उनीहरु ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय