नेपाली युवतीले आत्महत्या गरिन्

मलेसिया- मलेसियामा एक नेपाली युवतीले शुक्रबार राति झुन्डिएर आत्महत्या गरेकी छन् । मलेसियाको साहलमस्थित २० सेक्सनमा रहेको टोयटा कम्पनीमा कार्यरत पाल्पाकी सिमाकुमारी मगरले आत्महत्या गरेकी हुन । एक वर्षअघि रोजगारीका लागि आएकी उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । सोही कम्पनीमा काम गरिरहेकी गौसरी रार्इका अनुसार मगरले दिनभर कम्पनीमा काम गरेकी थिइन् । कम्पनीबाट होस्टेलमा फर्केपछि शुक्रबार राति बाथरुममा झुण्डिएर उनले आत्महत्या गरेकी हुन । मृतकको शव अहिले पोस्‌टमार्टमका लागि स्थानीय केलाङ अस्पतालमा राखिएको छ । अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् नेपाली दुतावास की दलालको अखडा !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय