रामहरि श्रेष्ठ, रामेछाप- बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन लागि परेको सुचना तथा परामर्श केन्द्र मन्थलीमा यस आर्थिक बर्ष भित्र हालसम्ममा बिभिन्न खालका ४७ वटा घटना दर्ता भएका छन् । जिल्लाबाट एक बर्ष भित्रमा बैदेशिक रोजगारीमा गएर मृत्यु भएका ६ वटा, आफुसँग हुनुपर्ने कागजपत्र नभएर जेल परेका १० वटा घटना सुचना तथा परामर्श केन्द्रमा दर्ता भएका छन् । त्यसैगरी अलपत्र परेका ७, ठगीमा परेका ३, मेडिकल फेल भएका ४, गन्तब्य मुलुकमा पुगेर बिभिन्न सम्स्या भोगेर बसेका ८ तथा सम्पर्कविहिन भएका ४ वटा घटना दर्ता भएका छन् । रोजगारीको शिलशिलामा दुर्घटनाका परेर अङ्ग भङ्ग भई घाईते भएका २ तथा जेल परेका २ वटा गरी ४७ ओटा घटना दर्ता भएको सुचना तथा परामर्श केन्द्र मन्थलीका कार्यक्रम संयोजक जीवन श्रेष्ठले जानकारी दिएका छन् । त्यसमध्ये २६ वटा घटनामा पीडितलाई सहयोग सम्भव भएको र बाँकी २१ वटा घटनाका बारेमा प्रकया चलिरहेको श्रेष्ठले बताए । यो पनि पढ्नुहोस् श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1