बरु विदेश नपठाउः पूर्वपरराष्ट्रमन्त्री

काठमाडौ- सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क पठाउने प्रक्रिया अघि बढाउने भएको छ । रोजगारदाता कम्पनीहरूले कामदार लिँदा शुल्क लिन नपाउने भए पनि सरकारी नीतिका कारण म्यानपावर कम्पनीहरूले कामदारसित चर्को शुल्क लिइरहेको अवस्थामा सरकार शून्य शुल्क प्रणाली लागू गर्ने तयारीमा लागेको हो । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई शुल्क नलिई वैदेशिक रोजगारमा पठाउन सरकारले गृहकार्य गरिरहेको जानकारी गराएका थिए । श्रेष्ठले आफूले मलेसिया भ्रमणका क्रममा नेपाली कामदारले त्यहाँ भोगिरहेको शोषणबारे सरकारलाई जानकारी गराउँदा दुवै मन्त्रीले यसखाले तयारी भएको जानकारी दिएको बताए । मलेसिया, कतार, साउदी अरेबिया, ओमान, बहराइन, कुवेत कुनै पनि मुलुकमा रोजगारीका लागि जान शुल्क बुझाउनु पर्दैन । तर सरकारी संयन्त्र कमजोर हुँदा र नीति नियम पनि त्यो अनुरूप नहुँदा नेपाली युवा चर्को शुल्क तिरेर जान बाध्य भइरहेका छन् । यसरी चर्को शुल्क तिरेर बिदेसिएका नेपालीहरू चरणबद्ध रूपमा ठगिएका छन् । नेपाली कामदारमाथि विदेशमा चर्को शोषण छ, हालै मलेसियाको भ्रमण गरेर फर्केका पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलन गरेर बताए । श्रेष्ठले विदेशमा रोजगारीका लागि जाने कामदारप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै यसमा सचेत गराउन लिखित पत्रसहित आफूले प्रधानमन्त्री सुशील कोइरालालाई समेत आग्रह गरेको बताए । उनले संवाददाताहरूसँग भने, मलेसिया पुगेपछि नेपाली युवायुवतीको अवस्था र कामका बारेमा अवलोकन गर्न जेल पनि पुगें, त्यहाँको अवस्था साह्रै चिन्ताजनक पाएँ । जेलमा रहेका नेपालीले उपचारसमेत नपाएको र घरफिर्ती क्याम्पमा बसेकाहरूले घरमा फोन सम्पर्कसमेत गर्न नपाएको अवस्थाले मन छोयो । त्यसैले फर्केर आएपछि नेपाली युवालाई सुरक्षित वैदेशिक रोजगारीमा पठाउने अभियान नै सुरु गरेको छु । उनले त्यहाँको अवस्थाबारे परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ र दुवै मन्त्रालयका सचिवसँग छलफल गरेका थिए । कान्तिपुरबाट यो पनि पढ्नुहोस्  श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय