सप्तरीमा बैदेशिक रोजगारी सम्बन्धी सडक नाटक

चन्दनकुमार यादव, राजविराज- बैदेशिक रोजगारीलाई सुरक्षित र ब्यवस्थित बनाउने उद्धेश्यले आईतवार सप्तरीको बभनगामाकट्टी गाविस स्थित मंसापुर चौकमा सडक नाटक देखाइएको छ । नाटकमा बैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने सतर्कता र जोखिम न्युनीकरणका लागि अपनाउनु पर्ने सावधानीका बारेमा सन्देश समावेश गरिएको सवल नेपालका सुरक्षित आप्रवासन परियोजना संयोजक असोक साहले जानकारी दिए । सो नाटकमा कलाकारहरले सीप बिना बिदेशमा जाँदा नेपालीले पाएको दु.ख र अनाहकमा ज्यान गुमाउनु परेको अवस्थालाई सरल र मर्मस्पर्शी रुपमा प्रस्तुत गरेका छन् । यसैगरी नाटकले सकेसम्म स्वदेशमै गरी खानु र विदेश जानै पर्ने अवस्थामा पनि आवश्यक सीप र सुचना लिएर मात्र जान सन्देश दिएको छ । नाटकमा सीप र जानकारी बिना विदेश जाँदा नेपालीको मृत्यु भएको तथा अंगभंग भएको कुरालाई सजिव रुपमा प्रस्तुत गरेको साहको भनाई छ । नाटकमा महेन्द्र मण्डल(बनवारी), भुपेन्द्र मण्डल, पशुपति दास, संजिव यादव, दश्नी यादव लगायत एक दर्जन कलाकारहरुले अभिनय गरेका छन् । यो पनि पढ्नुहोस् रंगिन दुवईका रेगिस्तानी कथाहरु पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय