कतारमा रक्सी भित्रियाउन खोज्दा ७ महिना कैद, २ करोड बढी जरिवाना

दोहा- कतारमा एक व्यक्तिलाई अनधिकृत रुपमा रक्सी भित्रियाउन खोजेको अभियोेगमा ७ महिना कैद र ७ लाख ६८ हजार रियाल(झण्डै नेरु २ करोड ७ लाख) जरिवाना भएको छ । कतारको एक अदालतले ति अरवी नागरिकलाई रक्सी खाएको अभियोगमा एक महिना कैद र ठूलो परिमाणमा रक्सी कतार भित्रियाउन लागेकोमा ६ महिना कैद सजाय तोकेको हो । यसैगरी ति व्यक्तिलाई ठूलो जरिवाना समेत तोकिएको छ । अल राया अरव दैनिकका अनुसार ति व्यक्तिले तीनवटा ब्राण्डका रक्सी बोकेर ल्याएका थिए । तर कति परिमाणमा तिनले रक्सी ल्याउँदै थिए भन्ने खुलाइएको छैन । कतार र साउदीको सीमा नजिकको अबु सामरा चेकपोष्टमा ति व्यक्ति पक्राउ परेको जनाइएको छ । यो पनि पढ्नुहोस् पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय (भिडियो सहित) रंगिन दुवईका रेगिस्तानी कथाहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय