‘पासपोर्टमा पृष्ठ बढाउ, शुल्क घटाउ’

काठमाडौं, चैत्र ३० – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राहदानीको शुल्क तत्काल घटाउन र पृष्ठ बढाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले राहदानी वितरण प्रक्रियामा सुधार गर्नसमेत निर्देशन दिएको हो । अहिले प्रदान गरिँदै आएको ३२ पृष्ठको राहदानीमा उपयोगमा आउने पृष्ठ जम्मा १८ रहेको भन्दै यसलाई तत्काल सुधार गर्न समितिले भनेको हो । समितिमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले वैदेशिक रोजगारीमा पठाउने क्रममा राहदानीको दुरुपयोग पनि भएको बताए । विभिन्न कारणले भिसा नपाउँदा त्यो राहदानी लुकाएर बेग्लै नाममा अर्को राहदानी लिने गरेकाले यस्तो समस्या देखिएको उनले बताए । कान्तिपुरबाट यो पनि पढ्नुहोस् कतारमा नयाँ नेपाली राजदुतका लागि बाटो खुल्यो पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय