एनआरएनले बनाए बृद्धाश्रम

काठमाडौं- गैर आवासीय नेपालीको लगानीमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम निर्माण भएको छ । गैरआवासीय नेपाली संघ बेलायतको अगुवाईमा बेलायतबासी नेपालीले संकलन गरेको रकमबाट सो बृद्धाश्रम निर्माण गरिएको हो । १६ कोठा, दुई भान्छा कोठा र दुई शौचालययुक्त सो भवन निर्माणका लागि ८१ लाख ७६ हजार रुपैयाँ लगानी गरिएको छ । नवनिर्मित भवनको उपप्रधानमन्त्री एवं स्थानीय बिकासमन्त्री प्रकाशमान सिंह र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले शुक्रबार संयुक्तरुपमा उद्घाटन गरेका छन् । यसैगरी गलेश्वर मन्दिर परिषरमा निर्मित बहुउद्देश्यीय सत्संग भवनको पनि शुक्रबार नै एनआरएन अध्यक्ष घलेले उद्घाटन गरे । सो अबसरमा उपप्रधानमन्त्री एवं स्थानीय बिकाशमन्त्री प्रकाशमान सिंहले गैरआवासीय नेपालीहरुको परोपकारी मन र सदभावको प्रशंसा गर्दै गाउँमा सुबिधासम्पन्न बृद्धाश्रम बनाउन पहल गर्ने सवै एनआरएनहरुलाई सरकारका तर्फबाट आभार प्रकट गरे । नेपालमा संबिधान नबनेसम्म दिगो शान्ति र स्थायित्व नहुने भन्दै उपप्रधानमन्त्री सिंहले लोकतान्त्रिक संबिधानमार्फत् नेपालमा स्थायित्व कायम गर्न कोसिस भइरहेको बताए । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष घलेले यस्तो पवित्र कार्यमा सहयोग गर्ने सवै बेलायतबासी गैरआवासीय नेपाली, गैरआवासीय नेपाली संघ युके र तत्कालिन अध्यक्ष योगेन क्षेत्रीलाई बिशेष धन्यवाद र आभार ब्यक्त गरे । ‘यो नै गैरआवासीय नेपालीले सामूहिक प्रयत्नबाट नेपालमा निर्माण गरेको पहिलो ठूलो परोपकारी काम हो’ अध्यक्ष घलेले भने ‘हाम्रो सानो सानो प्रयत्नले पनि नेपालमा ठूलो सामाजिक परिवर्तन ल्याउन सक्छ भन्ने यो ज्वलन्त उदाहरण हो, यसबाट मलाई ब्यक्तिगतरुपमा र गैरआवासीय नेपाली संघलाई ठूलो उत्साह मिलेको छ ।’ पछिल्ला बर्षहरुमा बैदेशिक रोजगारीका कारण नेपालमा सामाजिक सम्बन्ध र संरचनाहरु खल्बलिएको बताउँदै त्यसलाई रोक्ने र नेपालमै सवैलाई समान अवसर प्रदान गर्ने नीति बनाउन नेपालका नीति निर्माताहरुलाई उनले आग्रह गरे ।jestha nagarik vawan in myagdi गैरआवासीय नेपालीहरुले नेपालमा आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गरिरहेको भन्दै उनले नेपालको सम्बृद्धिका लागि सामूहिक प्रयत्न गर्न र नेपाल सरकारसँग सहकार्य गर्न संसारभरका गैरआवासीय नेपालीहरु तयार रहेको बताए । कार्यक्रममा म्याग्दीका जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद, बेलायतबासी गैरआवासीय नेपाली प्रतिनिधिहरु लगायतको उपस्थीति थियो । यो पनि पढ्नुहोस् मलेसिया जाँदै उतै हराउँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय