सिरियामा रहेकी नेपाली महिलालाई नेपाल झिकाइदिन अपिल

धादिङ, चैत्र १९- झण्डै एक बर्ष अघि बैदेशिक रोजगारीमा गएकी मुरलीभञ्ज्याङ ८ ,धादिङकी सुनिता मगरका परिवारले उनलाई नेपाल झिकाउन सहयोगको अपिल गरेका छन् ।

२६ बर्षिय सुनिता गत बैशाखमा बैदेशिक रोजगारीका लागि हिंडेकी थिइन् । लामो समयसम्म बेखवर रहेकी सुनिताले गत मंसिरमा घरमा फोन गरेर आफू सिरिया भन्ने देशमा रहेको र चाँडै उद्धार गरेर नेपाल झिकाउन अनुरोध गरेको उनकी आमा सावित्रि मगरले बताएकी छिन् ।

सावित्रिले आफूले छोरीलाई कसरी नेपाल झिकाउने हो भन्ने कुनै जानकारी नभएका कारण त्यसै चुपलागेर बस्नु परेको बताइन् । उनले हाल धादिङमा सुचना केन्द्र खुलेको जानकारी पाएपछि सुचना केन्द्रमा आएर छोरी खोजि तथा उद्धारको पहल गरिदिन निवेदन दिएको हेल्भेटासको सामी परियोजनाको सहयोगमा सुचना केन्द्र सञ्चालन गरिरहेको सिड्स धादिङकी परियोजना संयोजक गंगा सुवेदीले बताइन् ।

तर सुनितालाई कसले पठाएको हो, कुन मेनपावबाट गएको हो, पासपोर्ट कहाँबाट बनाएको हो भन्ने कुनै जानकारी परिवारलाई नभएको सुवेदीको भनाई छ । उनका अनुसार घर परिवारलाई केही कुरा नभनी दलालको विश्वासमा परी विदेश जाने भनी जाँदा उनलाई सिरिया पुर्याइएको अनुमान छ ।

सुनितालाई पठाउने व्यक्तिलाई देखेमा आफूले चिन्ने तर सो व्यक्तिको कुनै सम्पर्क नम्वर वा ठेगाना आफूलाई थाहा नभएको सावित्रिको भनाइ छ । विवाहित सुनिताको श्रीमानले अर्को श्रीमती विवाह गरी उनलाई एक्ल्याएका थिए । सुनिताका दुई छोराछोरी हाल मामाघरमा बसिरहेका छन् ।

यो पनि पढ्नुहोस् मलेसियामा संस्था बनाउ, रकम कुम्ल्याउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: