भारतले उद्धार गरिदियो नेपालीलाई

दोहा (कतार), चैत्र १९ – यमनको हिंसाको चपेटामा परेका नेपाली कामदारमध्ये १० जनालाई उद्दार गरिएको छ । भारतीय सरकारले आफ्ना नागरिक उद्दार गर्नेक्रममा नेपालीलाई पनि उद्दार गरिएको हो ।

यमन हेर्ने साउदी अरबस्थित नेपाली राजदुत उदयराज पाण्डेका अनुसार यमनको एडेनबाट ८ र हुन्डाईमा बस्दै आएका २ नेपालीलाई उद्दार गरिएको हो । अब राजधानी सनामा बस्दै आएका ९ नेपालीको उद्दार गर्न बाँकी छ ।

उनीहरुलाई स्थानीय समय अनुसार एडेनबाट बिहान १ र होराइजाबाट बिहान ४ बजे निकालिएको हो ।

‘उद्दार गरिएकालाई पानी जहाजमार्फत अफि्रकी देश जिबुदीमा पठाइएको छ । उनीहरुलाई त्यहाँबाट बिमानस्थलबाट नेपाल पठाइनेछ’ उनले भने । जिबुदी यमनको छिमेकी देश हो ।

उद्दार हुनेमा लुलु हाइपरमार्केटमा कार्यरत पाँच जना नेपाली चापकोट-३, स्याङजाका अनिल बिश्वकर्मा, मनोज भट्टराई, प्रकास डोटेल, सन्तोष जिटी, रामपुर-९, पाल्पाका लेखनाथ खनाल रहेका छन् । त्यस्तै अर्को एडेन होटलमा कार्यरत रामपुर-३, रामेछापका गुणदास श्रेष्ठ र रामपुर-५, रामेछापका ३२ बषिर्य  भक्तबहादुर श्रेष्ट, पाल्पाका खुमानन्द पौडेल छन् ।

बिद्रोही पक्षले निर्वाचित राष्ट्रपतिलाई अपदस्त गरेपछि यमनमा हिंसा भड्किएको छ । पछिल्लो ८ दिनदेखि साउदी अरबको नेतृत्वमा बिद्रोही पक्ष हुत्तीलाई आत्मसमर्पण गराउन हवाई आक्रमण जारी राखेको छ । साउदीले आबश्यक परेको खण्डमा स्थलगत रुपमा पनि सेना पठाउने चेतावनी दिएको छ ।

यमनका निर्वाचित राष्ट्रपति भागेर साउदीको शरणमा पुगेपछि साउदीले हवाई आक्रमण थालेको हो । साउदीले थालेको यो अभियानमा बहराइन, कतार, युएई र ओमनको साथ छ । हिंसा चर्केको यमनको राजधानी सना र अर्को प्रमुख शहर आडेनमा नेपालीहरु कार्यरत छन् । दुबै शहरमा बिद्रोहीले कब्जा जमाइसकेको छ ।

राजदुत पाण्डेले सनामा बिमानस्थल खुल्ने बित्तिकै सम्र्पकमा रहेका बाँकीलाई उद्दार गरिने बताए । ‘उनीहरुलाई पनि एक/दुई दिनभित्र उद्दार गर्ने योजना बनाएको छु’ उनले भने ।

सनामा कर्चा-७, गुल्मीका मधु अर्याल, नवलपरासीका सन्तोष पाण्डे, जयकुमार राई, सान्तकुमार लिम्बु, रोशन बिष्ट, डुबहादुर अधिकारी, लोकबहादुर गोदार  लगायत छन् ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: