‘बरु गोजीको खर्च होस् तर गरीब कामदारहरुको पैसा हामी राख्दैनौ’

मेघराज सापकोटा । देशपरदेशले बैदेशिक रोजगारलाई ध्यानमा राखेर शुरु गरेको पत्रकारिताले एउटा तरङग ल्याएको छ । एकजना हितैशीले बिहानै इनबक्स गरे खाडीमा पत्रकारिता गरी दुस्मनी मोलेर के पाउँछौ ?

दुस्मनी त राणाशासनकालमा काङ्रेसले पनि मोलेकै थियो । पञ्चायतकालमा बामपन्थी र काङ्रेस मिलेर राजासँग दुस्मनी मोलेकै हो । त्यसपछी पनि ज्ञानेन्द्रसँग पनि दुस्मनी मोलेर नै माओवादी सहित सबै दलले राजतन्त्र फालेकै हो । उनी केहीबेर मौन बसे र भने तिमी पराई देशमा छौ भन्ने पनि थाहा होला नि ?

Meghraj Photoहो मलाई थाहा छ । जहाँ जुन देशमा बसिन्छ त्यो देशको रितिरिवाज, धर्म, आस्था, कानुनको उल्लङ्घन नगरी आफ्नै समुदाय भित्रका राम्रा र नराम्रा कुरा लेख्नलाई कलम बन्द नै गर्न त मिल्दैन नि । अनी ठगिएका, लुटिएका र हेपिएका गरीब नेपालीहरुको कर्मे बर्मा गए कर्म सँगै हो र अरब गए नि सँगै लिएर जानु पर्ने ?

जो ठुलो छ उसैलाई ठुलो चिन्ता हुनु स्वभाभिक हो । देशपरदेशले सबै भन्दा धेरै चिन्ता एनआरएनएलाई बढाएछ । थर्ड अंपायर, गूगल मलाया र रेगिस्तान एक्स्प्रेसले कहिले ठोक्ने हो भनेर डर उत्तिकै पलाएको पाईयो ।

राम्रो काम गर्नेले डर मान्नै पर्दैन । रेगिस्तान एक्स्प्रेसले राम्रो कामको खुलेर प्रशंसा पनि गर्छ । मात्र डुंगडुन्क्ती गन्हाउनु भएन । रेगिस्तान एक्स्प्रेसको नाक चनाखो छ । मिठो बासना आए वाह भनेर तारिफ गर्छ । कुहिएर गन्हाए निडर भई सबैलाई भन्छ मान्छे कुहियो है, संगठन कुहियो है उखेलेर फ्याक्नु पर्दछ । फाईदा गरीब जनतालाई नै हो । नआत्तिनुस् ।

विश्वको सबै भन्दा ठुलो नेपालीहरुको संगठन हो एनआरएनए । नेपाल सरकार द्वारा मान्यता प्राप्त पनि भएकोले बिदेश स्थित कुटनैतीक नियोगहरुले पनि माया गरेर हेर्छन यो संगठनलाई । युएईमा कति नेपाली होलान भनेर सोध्यो भने कसैले पनि यती नै भन्न सक्दैनन । न त नेपाली दुताबाससँग नै एकिन तथ्याँक छ । झण्डै तीन लाख नेपाली युएईमा होलान भन्ने अनुमानीत तथ्याँक हो ।

तीनलाख नेपाली भएको मुलुक युएईमा झण्डै एक हजार नेपाली एनआरएनको पन्जीक्रित सदस्य छन । यो तथ्याँकले नै एनआरएन युएईमा कति लोकप्रिय छ भनेर छर्लङग पारेको छ । यसका पनि आफ्नै कारणहरु छन । अर्कोपल्टको कुनै लेखमा लेखौंला, आज भने राम्रो राम्रो कुरा गरौ ।

एनआरएन, युएईले यो पल्ट काइदाको प्रशंसनीय काम गर्‍यो । यस्तो बुद्दी एक बर्ष पहिले नै आएको भए झनै काइदा हुनेथियो । एनआरएनको सहयोगमा राजदुताबासका कर्मचारीहरुले अबुधाबीबाट धेरै टाढा रहेको दुई राज्य फुजेराह र रसअलखेइमह गएर एमआरपी फारम संकलन गरे ।MRP-Centre-at-Fujirah-1

आगामी नोभेम्बर २४ नोभेम्बर २०१५ देखि हस्त लिखित पासपोर्ट बोकेर बिदेश यात्रा गर्न पाईदैन । धेरै नेपालीहरुलाई अझै पनि यो खबर थाहा छैन । होस् पनि कसरी ? बिदेशको काम, बिहानै ड्युटीमा गएर राती कोठामा फर्कने बिचरा गरीब कामदारहरुलाई थाहा नहुनु स्वभाबिक हो ।

दुताबासको टोली अबुधाबी देखि ३०० किमी टाढा रहेका यी राज्यहरुमा गएर झण्डै ३०० जनाको एमआरपी फारम संकलन गर्‍यो । यी राज्यबाट दुताबास रहेको स्थान अबुधाबी पुग्न आईजाई गरेर त्यस्तै ३०० दिर्हाम जती नै खर्च हुन्छ । उनीहरुले २५० दिर्हाम चाँही जोगाए । ५० चाँही स्थानीय आयोजक एनआरनलाई सेवाशुल्क तिरे । रसअल खेइमहामा सेवाग्राहीले ३० दिर्हाम सेवाशुल्क बापत बुझाए । कतिपय सेवाग्राहीले सेवाशुल्क बापत उठाईएको पैसाको बारेमा चासोका साथ प्रश्न उठाएको पाईयो । जसले यो प्रश्न उठाए एकदम ठीक गरे । गरीबका पसिनाको थोपा थोपाको हिसाब किताब हुनुपर्दछ । यस् बिषयमा रसअल खैमह क्षेत्रीय अध्यक्ष राजेन्द्र रोस्यारा भन्छन ब्यवस्थापकीय खर्च दुताबासले नबेहोर्ने भनेपछी हामीले प्रत्येक् सेवाग्राहीसँग ३० दिर्हाम उठाएका हौ ।

उठेको पैसा त्यस दिनको हलको भाडा, स्वयम सेवक टोली र अबुधाबीबाट फारम संकलन गर्न आएको टोलीको खानपीनमा खर्च गरेका छौ । केही रकम बचेको छ । हामी त्यो रकम पनि कसरी हुन्छ जनतालाई नै फिर्ता गर्ने गरी होमवर्क गरिरहेका छौ । केन्द्र (रास्ट्रिय समन्वय परिषद) सँग पनि सल्लाह लिनेछौ । बरु गोजीको खर्च होस् तर गरीब कामदारहरुको पैसा हामी राख्दैनौ । कुनै न कुनै तवरले फिर्ता गर्नेछौ । उनले थपे जस्तै बचेको रकमको केही हिस्सा केही दिन पहिले दुर्घट्ना भई रसअल खैमहामा मृत्‍यु भएका ताप्लेजुङ्का गंगा शेर्पाका परिवारलाई दिने पनि कुरा भईरहेको छ । पारदर्शी ढंगले यस्तै खाले सामाजिक कार्यमा खर्च गर्नेछौ । गज्जब छ रोस्यारा जी अगाडी बढ्नोस ।

रसअल खैमाह एनआरएनले एमआरपी फारम भर्ने अभियानको खुब प्रचारप्रसार गर्‍यो । समुह समुह बनाएर उत्तरको ओमान बोर्डर देखी पूर्वको फुजेराह र दक्षिणको ओमअल कुइनसम्म टोली खट्यो । क्याम्प क्याम्पमा गयो । नेपाली जस्तो देख्यो कि सोध्यो र भनीहाल्यो, २७ मार्च तारिकको दिन अबुधाबीको टोली फारम संकलन गर्न रसअल खैमह आउँदैछ है ।

कहिले गोजीको पैसाको पेट्रोल लगाए त कहिले आफ्नै कम्पनीलाई ठगेर गाडीमा पेट्रोल भएर दगुरे । भरमग्दुर प्रयास गरे । तर दशौ हजार नेपाली रहेको अनुमान रहेको क्षेत्रमा किन १४६ ले मात्र फारम भरे त ? रोस्यारा भन्छन यो अभियान राम्रो हो तर ढिला भो । एक बर्ष अगाडी भएको भए हामीले धेरै नेपालीलाई सेवा दिन सक्दथ्यौ । दुताबास यत्रो महिना सुत्यो, धेरैले दुःख पाए । अबुधाबी नै गएर फारम भरे ।

MRP-Centre-at-Fujirah-3अर्को तिर यो काम महिनाको अन्तिम तिर भो । यो बेला नेपालीहरुको गोजीमा पैसा सकिएको बेला हो । महिनाको पहिलो हप्ता भएको भए अझ धेरै हुने थिए । धेरै नेपालीहरु पैसा नभाएर फारम भर्न आएनन । महिना भरीलाई १०० दिर्हाम खाना खर्च बजेट छुट्याउने गरीब नेपालीहरुले ३७० दिर्हाम कहाँबाट ल्याउन र ?

एनआरनलाई जनताको सेवा गर्ने यो फारम संकलन अभियान पनि अचम्मै गरी जुरेको हो । गत महिना केही मिडियामा नेपालबाटै पररास्ट्र मन्त्रालयका कर्मचारीहरु एमआरपी पासपोर्ट बनाउन घुम्ती टोली बनेर खाडी देशहरुमा घुम्ने भन्ने समाचार प्रकाशित भएको थियो ।

यो समाचारले खाडी मुलुकमा रहने नेपालीहरु माझ निकै ठुलो महत्व राख्यो । समाचारमा समाचारको स्रोत समेत किटान गरीसकेपछी अबुधाबी दुताबासलाई लाग्यो अब चाँही पक्कै घुम्ती टोली आउँछ । त्यसैलाई आधार मानेर दुताबासले पनि मुख खोल्यो, हो हो आउँदैछ, घुम्ती टोली आउँदैछ । एक महिना बित्यो तर पररास्ट्र मन्त्रालयको घुम्ती टोली मन्त्रालयको कम्पाउण्ड भन्दा बाहिर डेग चलेन ।

यता बिचरा राजदुत केही खबर आउला कि भन्दै दिनमा पचासौ पल्ट इलेक्ट्रोनिक चिट्ठी खोल्छन । न उनको मोबाइलमा घुम्ती टोली बोल्यो न त ईलेक्ट्रोनिक चिट्ठी नै खस्यो । पर्‍यो फसाद, महामहीम ज्युलाई अप्ठ्यारो पर्‍यो । हुन्न भनौ आफ्नै थुक चाटे जस्तो, हुन्छ भनौ खै त घुम्ती टोली ? अन्ततः बोलेको कुरा पुरा त गर्नै पर्‍यो । राजदुत आफै अघी सरे । महामहीमले एनआरएन, युएई का अध्यक्ष कृष्ण भुसाल जी लाई फोन घुमाए । बर्षौ देखी सुस्ताएर बसेको एनआरएनलाई पनि राम्रो काम गर्ने मौका मिल्यो । भुसाल जी ले हुन्छ भनीदिए । दुताबासले आफ्नै घुम्ती टोली बनायो । राजदुतको नेतृत्वमा फारम टाइप गर्ने दोकन सहितको टोली फुजेराह पुग्यो ।

MRP form collection

टोलीले १४५ जनाको फारम भर्यो । त्यो टोलीले रस अल खैमह पनि पुगेर १४६ जनाको फारम भर्यो । एनआरएन, युएई कै ईतिहासमा निकम्मा कार्यकाल भनेर दरिदै गर्दा भुसाल जी ले थोरै भए पनि राहतको सास फेरे । धन्य छ दुताबास, घुम्ती टोलीको ब्यवस्थापन स्थानीय क्षेत्रीय समितीहरुले गरे । अत्यन्तै ब्यवस्थित तरिकाले ब्वस्थापन गर्न सफल भएकोमा क्षेत्रीय समिती धन्यवादको पात्र बने ।

MRP collection UAE

यसरी नेपाल सरकार र अबुधाबी दुताबासले एनआरएनको नाम यी क्षेत्रमा रोशन गराइदिए । थोर बहुत नेपालीहरुले एनआरएनको नाम सुन्न पाए । बर्तमान कार्यकाल सकिन ६ महिना मात्र बाँकी छ । एनआरएन, युएईले आफ्नो नाम रोशन हुने योजना आँफै चाँही कहिले बनाउने हो हेर्न बाँकी नै छ ।

यो पनि पढ्नुहोस् अरबमा दुई पेग व्हिस्कीसँगै हामी ३ लाख गधाका समस्या भुसुक्कै!

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: