काठमाडौं चैत्र १४ – स्व. गिरिजाप्रसाद कोइराला (जीपी कोइराला) को ५ औ पुण्य तिथिको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौं जिल्ला समितिले शुरु गरेको जीपी कोइराला ट्रेड युनियन जागरण अभियानको प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति सुशील कोइरालाले शुभारम्भ गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री कोइरालाले जहाँ जीपी कोइराला त्यहा ट्रेड युनियन, जहाँ ट्रेड युनियन त्यहा जीपी कोइराला भन्ने नारा अंकित जीपी कोइराला फोटो तथा नेपाल ट्रेड युनियन काग्रेसको झण्डा र टी सर्ट समेत सार्वजानिक गरे ।
प्रधानमन्त्री काइरालाले ति सामग्री नेपाल ट्रेड युनियन काँग्रेस काठमाण्डौ जिल्ला अध्यक्ष गणेश भटटराइलार्इ हस्तान्तरण गरे ।
समारोहमा सभासद समेत रहेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डे, काठमाण्डौका सभासदहरु, सार्क ट्रेड युनियनका महा सचिव लक्ष्मण बस्नेत, ट्रेड युनियन काग्रेसका नेता, सभासद पुष्कर आचार्य लगायत ट्रेड युनियन काग्रेसका नेताहरु, जिल्ला समितिका सदस्यहरु लगायत उपस्थीत थिए ।
सो अभियानलार्इ काठमाण्डौ जिल्लाका सबै प्रतिष्ठान लगायत नेपालभर पुर्याउनका लागि अध्यक्ष गणेश भटटराइले अभियानका संयोजक तथा सल्लाहकार सूर्य नेपाललार्इ फोटो तथा झण्डाहरू प्रदान गरे ।
सो समारोहलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले गिरिजाप्रसाद कोइरालाले शुरु गरेको ट्रेड युनियन आन्दोलन र यसको मुल अभियानकर्ता नेपाल ट्रेड युनियन काग्रेस र यसका सदस्यहरुको एकता मजबुत भएमा मात्र लोकतन्त्र स्थाइ हुने भन्दै सबै जात जात र बर्गलार्इ चित्त बुझने संविधान बनाउन नै आफु लागि परेको बताए ।
कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेस काठमाण्डौ जिल्ला अध्यक्ष गणेश भटटराइको सभापतित्वमा सम्पन्न भएको थियो।
यो पनि पढ्नुहोस् ‘नेपालबाट हाउसमेड ल्याउन बन्द छ, योभन्दा सस्तोमा मिल्दैन’