
धनगढी, चैत्र ९- कैलालीको धनगढीमा महिलाका लागि सीप तथा बृत्ति परामर्श मेला सुरु भएको छ । यो मेला नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गतको इभेण्ट परियोजना र रोजगार कोषको सचिवालय हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालले आयोजना गरेका हुन् । महिलालाई मात्रै सीप सिकाउने उद्धेश्यले यहि हप्ता बुटवलमा यस्तै मेला आयोजना गरिएको थियो ।
मेलाको उद्घाटन शिक्षा मन्त्री चित्रलेखा यादवले गरिन् । मेलामा आज मात्र ५ हजार भन्दा धेरै व्यक्ति सहभागि भएको आयोजकले जनाएका छन् । रोजगारकोषको सचिवालयका सञ्चार अधिकृत कोमल भट्टका अनुसार त्यसमध्ये ५ सय व्यक्तिले आज परामर्शमा भाग लिएका छन् ।
मेलामा कुक, मेसन, विल्डिंग एलेक्टिसियन, पोल्टि जेटीए, हाउस पेन्टींग लगायतका तालिम उपलव्ध छन् । सो मेलामा ६ वटा तालिम प्रदायक संस्थासँगै घरेलु तथा साना उद्योग महासंघ लगायतका १४ वटा स्टल रहेका छन् ।
इभेण्टले विश्व बैंकको सहयोगमा देशका २८ जिल्लामा सञ्चालन गरेको महिला विशेष कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका महिलालाई सीप सिकाउने उद्धेश्यले यस्तो मेला आयोजना गर्दै आएको छ । यसअघि हेटौंडा र बुटवलमा यस्तै मेला आयोजना भइसकेका छन् । यहि हप्ता मात्र बुटवलमा मेला आयोजना गरिएको थियो ।
धनगढीमा मंगलवारसम्म सञ्चालन हुने मेलामा कैलाली र कञ्चनपुर जिल्लाबाट गरी ७ सय व्यक्ति छान्ने लक्ष्य रहेपनि सहभागिको संख्या भनें उल्लेख्य रहेको छ ।
यो पनि पढ्नुहोस्
रोजगार मेलामा २ सय ५० हाराहारीले परामर्श लिए
महिलालाई लक्षित गर्दै बुटवलमा रोजगार मेला सुरु (तस्वीरहरु सहित)