दक्षिण कोरिया र जापान थोरै शरणार्थी हुन पुग्ने देश

अर्जुन बराल, दक्षिण कोरिया- शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्रसंघीय निकाय युएनएचसीआरले औद्योगिक देशहरुमध्ये जापान र दक्षिण कोरियामा सबैभन्दा कम शरणार्थी स्वीकार गर्ने गरेको एक तथ्याङ्क बिहिबार प्रकाशित गरेको छ ।

दक्षिण कोरियामा गतबर्षको शुरुमानै २९०० जनाले शरणार्थीका लागि आबेदन दिएका थिए । यो अघिल्लो बर्षभन्दा धेरै हो । यसैगरी जापानमा पनि ५ हजार व्यक्तिको आवेदन परेको थियो जुन अन्य देशमा पर्ने आवेदन भन्दा कम रहेको जनाईएको छ । विश्वका अरु देशमा भन्दा यो आवेदन प्रतिशत भनें ज्यादै न्यून रहेको समाचार दि कोरियन अब्र्जभरले प्रकाशीत गरेको छ ।

सन् २०१० देखि सन् २०१४ को बिचमा स्वीडेनले आफनो देशको जनसंङख्याको आधारमा मापन गर्दा उच्चतम संङख्यामा शरणार्थीलाई स्वीकार गर्ने राष्ट्रमा प्रथम स्थान हासिल गरेको थियो भने जनसंङख्याकै आधारमा माल्टा, लक्जमबर्ग, स्विजरल्याण्ड, मोन्टेनेग्रोले दोस्रो स्थान हासील गरे ।

त्यस्तै संयुक्त राज्य अमेरिका, जर्मनी, टर्की, ईटाली संसारमा सबैभन्दा बढी शरणार्थीलाई स्वीकार गर्ने राष्ट्रमा पर्दछन् । सन् १९९४ बाट शरणार्थीलाई स्वीकार गर्न थालेको दक्षिण कोरियामा राजनैतिक तरिकाले शरणलिन चाहनेको संख्या उल्लेख मात्रामा भएतापनि दक्षिण कोरिया सरकारले शरणार्थीका निम्ति जी—१(मिसलेनियस) नामक भिषा उपलब्ध गराउँदै आएको छ ।

यो पनि पढ्नुहोस् मलेसियामा संस्था बनाउ, रकम कुम्ल्याउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: