कोरियामा कति नेपाली कहिले जाने ?

कोरिया- इपिएस भाषा परीक्षा पास गरी श्रम संझौताको प्रतिक्षामा रहेका नेपाली कामदारहरुका लागि आउदो अप्रिल अन्तिम साताबाट पुनः श्रम संझौता आउने छ । सरकारले यस वर्षका लागि छुट्याएको पहिलो चरणको कोटा समाप्त भएपछि दोस्रो चरणका लागि नयाँ कोटा वितरण गरेको हो । श्रम तथा रोजगार मन्त्रालयले २०१५ को लागि निर्धारण गरेको ५५ हजार कोटामध्ये जनवरीमा ३० प्रतिशतलाई खुल्ला गरेको थियो । बाँकी ७० प्रतिशत कोटाबाट अप्रिलमा ३०, जुलाईमा २० र अक्टोबरमा २० छुट्याईको थियो ।

मन्त्रालयले यस वर्षका लागि वितरण गरेको कोटामध्ये जनवरीका लागि १८ हजार तीन सय र अतिरित्त १२ सय कोटा छुट्याएको थियो । जसमध्ये औद्योगिक उत्पादन क्षेत्रका लागि १४ हजार सात, कृर्षि तथा पशुपालन क्षेत्रका लागि ३ हजार ६ सय कोटा  थियो । उक्त कोटा सकिएपछि नयाँ आवेदन सुरु भएको हो । अप्रिलका लागि १२ हजार ९ सय ६६, जुलाईका लागि ६ हजार ६ सय, अक्टोबरका लागि ६ हजार ५ सय ७० कोटा छुटाएको छ । निर्धारित कोटा अक्टोबरसम्ममा ल्याइने छ । वितरित कोटा इपिएस लागु भएका १५ वटै देशका लागि हो ।

दोश्रो त्रैमासिकको लागि छुटाइएको १२ हजार ९ सय ६६ कोटा मध्ये उत्पादनमुलक क्षेत्रका लागि ९ हजार ८ सय ६०, कृर्षि तथा पशुपालनका लागि १७ सय, मत्स्यपालनका लागि ६ सय ६०, निर्माण क्षेत्रका लागि ७ सय १० र सेवा क्षेत्रका लागि ३६ छ । कोटा अप्रिल १५ बाट वितरण गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अप्रिल १ देखि १४ सम्म रोजगारदाताहरुमा निवेदन आव्हान, १५ देखि २३ सम्म कामदार छनौट, २४ योग्य रोजगारदाताको नामावली प्रकाशन र अप्रिल २८ देखि मे ८ सम्म छनौटमा परेका कामदारलाई श्रम अनुमति वितरण गरिने छ । छुटाएको कोटामध्ये नेपाली कामदार मे महिनामा सबैभन्दा धेरै आउने छन भने सेप्टेम्बरमा सबैभन्दा थोरै आउने छन् । अप्रिलमा ८ सय ८१, मेमा १५ सय ६६, जुनमा ४ सय ८१, जुलाईमा २ सय ६०, अगस्ट २ सय ६३, सेप्टेम्बरमा १ सय ५५, अक्टोबरमा १ सय ८७, नोवेम्बरमा १ सइ ५९ र डिसेम्बरमा ३ सय ३७ जना कोरिया आउने छन् । कोरियन सरकारले यस वर्षका लागि ५५ हजार ४ सय १४ कोटा निर्धारण गरेको थियो । जसमध्ये ४५ हजार नयाँका लागि र १० हजार पुनप्रवेश गर्नेका लागि हो । उत्पादनमुलक क्षेत्रमा ४२ हजार ४ सय, कृर्षि क्षेत्रमा ६ हजार, निर्माण क्षेत्रमा २३ सय, मत्स्यपालनमा २२ सय र सेवा क्षेत्रमा १ सय कोटा तोकिएको छ । नेपालीका लागि उत्पादनमुलक र कृर्षि क्षेत्रमात्र हो ।

कोरियाको श्रम तथा रोजगार मन्त्रालयलले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म ६ हजार ४ सय ३१ नेपाली कामदार ल्याउने घोषणा गरेको छ । जसमध्य चालुवर्षको त्रैमासिकमा २४ सय २३ जनाको श्रमसंझौता भइसकेको छ । बाँकी ३ हजार ९ सय ४० को संझौता क्रमस हुने जनाइएको छ ।

हेल्लो नेपालकोरिया डटकमबाट

यो पनि पढ्नुहोस् 

मलेसियामा संस्था बनाउ, रकम कुम्ल्याउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय