
दुवई- युएईको सारजहामा नेपाली प्रबासी श्रमिक संघ सारजहा क्षेत्रीय समिति गठन भएको छ । गठित क्षेत्रीय समितिको अध्यक्षमा यज्ञमुर्ति खनाल रहेका छन् । यसैगरी उपाध्यक्ष कृष्ण वाग्ले, सचिव राजु भण्डारी, सहसचिव दयाराम महतो तथा कोषाध्यक्ष अनिता खड्का रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा मनिराम महतो, सरिता तामाङ, कुमार प्रसाद अधिकारी, भुपेन्द्र चु के, नेत्र नेपाली, तिज कुमारी रुम्बा, भवानी कोइराला, हेम थपलिया, शुराज पाठक रहेका छन् । अर्का एकजना सदस्य पछि थपिने नेपाली प्रवासी श्रमिक संघ, सारजहा क्षेत्रीय समितिका इन्चार्ज बाबूराम सापकोटाले जानकारी दिएका छन् ।
कार्यक्रममा विशेष अतिथिहरु नेपाली प्रबासी श्रमिक संघ युएईका इन्चार्ज दामोदर दाहाल, प्रबासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेट्वाल, केन्द्रीय कोषाध्यक्ष दिपक राउत लगायत उपस्थीत थिए ।