
दुवई- आफ्नो एक सहकर्मीलाई बलात्कार गरेको अभियोगमा दुईजना पाकिस्तानी नागरिकलाई जनही तीन बर्ष कैद फैसला भएको छ ।
दुवईको एक अदालतले सहकर्मी पुरुषलाई बलात्कार गरेको अभियोगमा ति दुई व्यक्तिलाई सो सजाय सुनाएको हो । जेल हालिएकामा एक २४ बर्षे युवक छन् भनें अर्का २१ बर्षिय युवक रहेको समाचारमा जनाइएको छ ।
गल्फ न्यूजका अनुसार उनीहरुले २० बर्र्षिय भारतीय सहकर्मीलाई अल मुहसनामा बलात्कार गरेका थिए । बलात्कारमा संलग्न एकजनालाई बलात्कारसँगै रक्सी पिएको समेत अभियोग लागेको थियो ।
‘हो मैले रक्सी खाएको थिएँ तर बलात्कार गरेको होइन’ अदालतमा ति व्यक्तिले आफ्नो बचाउ गर्दै भनेका थिए ।
तर पीडित युवकले भनें आफू उनीहरु बस्ने ठाउँमा गएपछि उनीहरुले केहि खानेकुरा खान दिएको, त्यसपछि आफू अर्धबेहोस् भएपछि उनीहरुले पालैपालो बलात्कार गरेको बताएका छन् । उनका अनुसार ति व्यक्तिले उनलाई तातोपानी समेत खन्याइदिएका थिए ।
त्यसपछि एक नेपालीले सो देखेर एकजनालाई खवर गरिदिएपछि ति व्यक्ति आएर आफूलाई लेवर क्याम्पमा लिएर गएको ति भारतीय युवाले अदालत समक्ष बताएका छन् । त्यसपछि प्रहरीमा उजुरी हालेको उनको भनाई छ ।
यो पनि पढ्नुहोस्
अरबमा दुई पेग व्हिस्कीसँगै हामी ३ लाख गधाका समस्या भुसुक्कै!