काठमाडौं – चैत्र १० साउदी अरवमा कम्पनीले सम्झौता अवधि पुरा भइसकेपछि पनि नेपाल फर्काउन नमानेका सुनसरीका मो. सईम मन्सुरी र मकवानपुरका विष्णुलाल लामाका परिवारका सदस्यले मंगलवार उजुरी हालेका छन् ।
पीडितको परिवारका तर्फबाट बैदेशिक रोजगार विभागमा उजुरी हालिएको हो । मन्सुरीका दाजु मोहम्मद नईम मियाँ र लामाका छोरा सोमराज लामाले संयुक्त उजुरी हालेका हुन् । उनीहरुले निवदेनमा काठमाडौंको आरपी इण्टरनेशनल कन्सल्टेन्सी मार्फ सन् २०१३ जनवरी १२ तारिखमा दुई बर्षे सम्झौतामा साउदी गएका आफन्तलाई झिकाई पाउँ भनि निवेदन दिएका हुन् ।
उनीहरु आरपी मार्फत साउदी अरवको अल सवा एन कन्स्टक्सन कम्पनीमा काम गर्न गएका थिए । उनीहरुलाई सम्झौता अवधि सकिइसक्दा समेत सो कम्पनीले नेपाल फर्किने अनुमति दिएको छैन । आफूहरुलाई नेपाल फर्काइदिन आग्रह गर्दा काम गरेर बस्न भन्दै घर फर्किने अनुमति नदिएको गुनासो पीडितहरुले गर्दै आएका छन् ।
उनीहरुको भिसाको म्याद समेत नथपिदिएर कम्पनीले आफूहरुलार्ई गैरकानूनी बनाइदिएको भन्दै पीडितले गुनासो गरेका छन् ।
पीडितका परिवारका सदस्यले यसरी निवेदन दिएपछि एकसाता भित्रमा सम्वन्धित मेनपावर कम्पनीलाई बोलाएर आवश्यक प्रकृया अगाडी बढाइने बैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीकुमार कार्कीले बताए ।
यो पनि पढ्नुहोस्
साउदीबाट दुई नेपालीद्धारा उद्धारको अपिल