मलेशिया – मलेशियामा एक नेपालीले घर फर्किने अघिल्लो दिन झुण्डिएर आत्महत्या गरेका छन् । उनी मलेसियाको केपोङमा रहेको एक कोरिएन रेस्टुरेन्टमा काम गर्दथे ।
पाँच वर्ष अघि मलेसिया आएका मोरङको केराबारीका सूर्य बहादुर बस्नेतले झुण्डिएर आत्महत्या गरेका हुन् । उनले उदासी(डिप्रेसन) का कारण अत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
मृतक बस्नेतसँगै काम गर्ने धनकुटाका रसमान राईका अनुसार उनी केहि दिनयता विरामी थिए । विरामी परेपछि उनी काममा समेत जान सकेका थिएनन् । उनी होस्टलमै बसिरहेका थिए ।
स्थानिय क्लिनिकमा स्वास्थ परिक्षण गर्दा उनलाई क्षयरोग लागेको पत्ता लागेको थियो । त्यसपछि उनी सँधै चुपचाप बसिरहन्थे । उनी विरामी भएदेखि र रोग पत्तालागेपछि झनै उदास रहने गरेको राईले बताए । क्षयरोग लागेको पत्ता लागेपछि बस्नेतलाई उनी काम गर्ने रेस्टुरेन्टले भोलि(बुधबार) नेपाल फर्कनका लागि टिकट काटिदिएको थियो ।
नेपालीले आत्महत्या गरेको सुनेपछि नेपाली दुतावासले सो क्षेत्रमा कृयाशिल नेपालीले प्रवासी मञ्चलाई घटनाको बारेमा बुझेर खवर गर्न आग्रह गरेको थियो । त्यसपछि यथार्थ बुझेर दुतावासलाई जानकारी गराएको मञ्चका अध्यक्ष राजेन्द्र प्रकाश भण्डारी बताउँछन् । अहिले बस्नेतको शव पोस्ट्मार्टमका लागि स्थानिय सेलायाङ हस्पिटलमा राखिएको छ ।
यो पनि पढ्नुहोस् मलेसियाबाट नेपाली महिलाद्धारा सहयोगको अपिल